एनआरएनए १२ औं महाधिवेशनको तयारीमा

एनआरएनए १२ औं महाधिवेशनको तयारीमा
सुन्नुहोस्

काठमाडौं : गैरआवासीय नेपाली संघ १२औं  महाधिवेशनको तयारीमा जुटेको छ । तयारीका लागि एमआईएस प्रणालीबाट सदस्यता वितरणको काम भइरहेको छ । हालसम्म ९२ हजार ८३२ जना एमआईएस प्रणालीबाट सदस्य बनिसकेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले उत्साहजनक रूपमा सदस्य वितरण भइरहेको बताए । ७२ हजार १५० सदस्यता प्रमाणीकरण भइसकेको छ । ४ हजार ५८२ नयाँ छन् । यो अघिल्लो महाधिवेशन ९४ हजार सदस्यता थिए । 

अर्को समूहले अवरोध गर्न खोजे पनि सदस्यता वितरण उत्साहजनक भइरहेको उनको दाबी छ । जापानबाट मात्रै १८ हजारभन्दा बढी सदस्य छन् । त्यस्तै, अस्ट्रेलियाबाट साढे १५ हजार बढी सदस्य बनेका छन् । पत्रकारको सम्मेलनको आयोजना गरी डा.केसीले राष्ट्रिय समन्वय परिषद्(एनसीसी) हरूको राष्ट्रिय महाधिवेशन भइरहेका छन् । १५ एनसीसीको अधिवेशन भइसकेको छ । बाँकी देशमा अधिवेशन हुने क्रममा छन् । विधान त जुलाई १ देखि ३१ सम्म राष्ट्रिय अधिवेशन नगरिसक्नुपर्ने बाध्यात्मक प्रावधान छ । एनसीसीको अधिवेशन १२औं महाधिवेशन आधार रहेको अध्यक्ष डा.केसीले बताए । उनले एनसीसीको अधिवेशनले १२औं महाधिवेशनका लागि प्रतिनिधि निर्धारण गर्ने जानकारी दिए । 

निर्वाचन समिति 

एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशन तयारी समितिका साथै निर्वाचन समिति बनेको छ । अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । समितिमा चिरञ्जीवी ढकालसहित टिबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेका छन् । 
संघको निर्वाचन प्रक्रिया अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ । समितिमा संजय थापा, टेकराज निरौला, कमलमणि गुरागाई, नारायण काफ्ले, अतुल कोइराला र मुक्त गुरुङ छन् । भीम उदास, भक्त गुरुङ, डा.देवी बस्नेत, ओम गुरुङ, डिल्ली ढकाल, यास्मिन बेगम र पुरुषोत्तम बोहोरा सदस्य रहेको न्यायिक समिति पनि गठन भएको छ । 

अध्यक्ष डा.केसी स्थापना कालदेखिका मुद्दालाई मुखरित गर्न क्रियाशील रहेको बताए । उनले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि निरन्तर पहल गरिरहेको जानकारी दिए । उनले लगानीको क्षेत्रमा निरन्तरको पहलमा ९ वटा कानुन संशोधन भइसकेको पनि बताए । उनका अनुसार एनआरएन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनको अन्तिम चरणमा छ । जसमार्फत विदेशमा रहेका नेपालीको साना, मझौलादेखि ठूला लगानी पनि नेपाल भित्र्याउन मार्गप्रशस्त हुने उनको भनाइ छ । उनका अनुसार १० अर्बबाट सञ्चालन हुने यो फन्ड ५० अर्ब पुर्‍याउन लक्ष छ । ३५ करोडको फन्ड जम्मा भइसकेको छ । 

गैरआवासीय नेपाली संघले हालको कार्यकालमा चार करोडभन्दा बढी विभिन्न परोपकारी र मानवीय सहयोग कार्यमा खर्च गरेको छ । २०८१ साल असोजमा आएको बाढी र पहिरोपीडितहरूलाई तत्काल राहत
सामग्री वितरण गर्दै झन्डै एक हजार परिवारवलाई सहयोग गरेको उनले जानकारी दिए । प्रधानमन्त्री राहत कोषमा ५१ लख रुपैयाँ सहयोग गरिएको उनले बताए । 

संघले जाजरकोट, सुदूरपश्चिम क्षेत्रका भूकम्पपीडित, सुनसरी र भोजपुरका लागलागी पीडितलाई समेत राहत तथा पुनस्र्थापना कार्यमा आर्थिक सहयोग गरेको छ । स्वास्थ्य क्षेत्रमा प्रादेशिक अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना र ५ प्रदेशमा ब्लड बस हस्तान्तरयण गरेको संघले जनाएको छ । 

वैदेशिक रोजगारमा समस्यामा परेका श्रमिकहरूको उद्धार तथा सामाजिक सुरक्षा र प्रवासी नेपालीहरूको हितमा पनि रहेको अध्यक्ष डा.केसीले बताए । संघले नेपाली दूतावासको समन्वयमा युक्रेनमा अलपत्र परेका २ श्रमिकलाई  स्वदेश फर्काउन सहयोग गरेको थियो । उनले श्रमसम्बन्धी नीतिगत सुधारका लागि सरकारसँग सहकार्य गरिएको पनि जानकारी दिए । संघले अन्तर्राष्ट्रिय सम्मेलनहरूमा श्रम आप्रवासन र डायस्पोराका विषयमा आफ्नो धारणा राख्दै सुरक्षित आप्रवासन र सामाजिक सुरक्षामा योगदान पुर्‍याएको उनले बताए । 

उनले बद्री केसीको नेतृत्वको समिति नै आधिकारिक रहेको दाबी छ । अध्यक्ष केसीका अनुसार असार ५ गते सर्वोच्च अदालतबाट भएको आदेशपछि शेष घलेलाई एकताको महाधिवेशन गराउन अधिकार दिइएको मुद्दा(रिट निवेदन नम्बर ०७९–डब्लूओ–१५०७) पुनरावेदन गर्ने निस्सा प्राप्त भइसकेको छ । यसले सबै कानुन अडचलनहरू हटिसकेको छ । अब अक्टोबरमा निर्वाचन गर्न कुनै बाधा छैन ।

‘अक्टोबरमा महेश श्रेष्ठ हामीसँगै हुन्छौं’ 

अध्यक्ष केसीले महेश श्रेष्ठ पनि अक्टोबरमा हुने एनआरएनएको महाधिवेशनमा सँगै हुने आशा प्रकट गरेका छन् ।हालै शेष घले एकता महाधिवेशनमार्फत श्रेष्ठलाई अध्यक्ष बनाएका छन् । तर, अध्यक्ष केसी महेश श्रेष्ठ पनि मूलधारमा फर्किने दाबी गर्छन् । ‘उहाँसँग मेरो निरन्तर संवाद भइरहेको छ, हामी सम्भवत अक्टोबरको महाधिवेशनमा सँगै हुन्छौं’ उनले भने ।

महेश श्रेष्ठ ११ औ महाधिवेशनमा केसीसँगै पराजित भएका थिए । केसीसँग पराजित भएका आरके शर्मा र श्रेष्ठ महाधिवेशनमा परिमाण अस्वीकार गरि समानान्तर कमिटि संचालन गरिरहेका थिए । केही समयअघि एकता महाधिवेशन भन्दै आर के शर्मा समेत समर्थन श्रेष्ठलाई अध्यक्ष बनाइएको थियो । 

उनले एनआरएनएका नेताबीच झगडा भए पनि एनआरएनएका सदस्यमा कुनै झगडा नरहेको र उनीहरूमा सबै मिल्नु भन्ने चाहना रहेको पनि बताए ।

एनआरएनएको विवाद जड राजनीतिक हस्तक्षेप 
एनआरएनएको विवादको जड राजनीतिक हस्तक्षेप भएको स्वयं अध्यक्ष केसीले स्वीकार गरेका छन् । उनले एनआरएनएलाई राजनीतिभन्दा बाहिर राख्नुपर्ने बताउँछन् ।

उनले राजनीतिक नेतृत्व पनि लगानीमा राजनीति गरेर पनि एनआरएनएको निर्वाचनमा राजनीति नगरिदिन पनि आग्रह गरे । ११ औं महाधिवेशनमा कांग्रेस, एमाले र माओवादी केन्द्र गरी तीनवटा पार्टीनिकट समूह बनाएर निर्वाचन होमिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.