ध्रुवीकरण : एक वैश्विक कार्यान्तरण

ध्रुवीकरण : एक वैश्विक कार्यान्तरण

नेपालका वित्तीय संस्थाहरूमा तरलता ज्यादा छ, जसले गर्दा लगानीमैत्री वातावरण सिर्जना गर्न कम्तीमा पनि एक वर्ष कुर्नुपर्ने हुन्छ ।

शक्ति प्रशिक्षणबाट शक्ति परीक्षणको आधारशिला तय हुन्छ । यो विश्वव्यापी सिद्धान्त र अभ्यास हो । युद्ध विषम सामाजिक असन्तुलनबाट उब्जनी हुने कुरा थोमस हब्सले पन्ध्रौं शताब्दीमै वार अफ अल एगेन्स्ट अल (सबैका विरुद्ध सबैका युद्ध) भन्ने कथनबाट नै दृष्टिपात गरेका थिए । यसबारे हब्सले सामाजिक सम्झौताको सिद्धान्तमा थप गहन विश्लेषण गरेका छन् । जुन कुरा पछिल्लो समय निम्तिएको विषम ध्रवीकरणले सिद्ध गर्दै छ । 

जब युद्धको एकथरी स्वरूप रुस–युक्रेनमा देखा पर्‍यो भन्ने थियो । यही स्वरूप जब इजरायल–गाजामा देखा पर्‍यो  थप नजिकिएको पो हो भन्ने भयो । तिनै प्रकृतिका युद्धाभ्यासलाई मिहिन ढंगले केलाउँदा मामिला केवल स्रोत र भू–राजनीतिमा अडकएको पाइन्छ । यसबाट थप केही बुझियो कि विश्वव्यापीकरणको यस समयमा युद्धको कारण भू–राजनीतिक संवेदनशीलता मात्र पनि नहुन सक्दोे रहेछ । समष्टिगत आधारमा युद्धका मापक आधारबिन्दुहरूमा विद्यमान सूचना र प्रविधिलाई मानिएको छ, जुन शाश्वत सत्यसमेत हो । पछिल्लो समय विकास भएको कृत्रिम बौद्धिकताको पनि उपयोग भयो भन्ने यदाकदा सुनिएको पनि छ । यो विज्ञान र प्रविधिको वरदानसमेत हो ।

दोस्रोतर्फ यसको अर्को मामिला भनेको स्रोतको बाँडफाँडमा निम्तिएको असन्तुलनसमेत हो । वास्तवमै भन्दा यस्ता असन्तुलनका अवयवहरूलाई समुचितमा ढालिदिने काम विद्यमान संयुक्त राष्ट्रसंघीय इकाइहरूले गरिदिँदा यस्ता द्वन्द्व निम्तिन नसक्ने आधार निर्माण हुन्थे ।

युद्ध पर्याय 
वर्तमान   स्रोत र साधनमा आधारित हरेक युद्धको काल्पनिक परिणाम मुलुकका सम्प्रभुता र आर्थिक सफलतासँग जोडिन पुग्छन् । एक हिसाबले यो सहीसमेत हो । तर यसो भन्दैमा विश्वमा भ्रातृत्व विकासका लागि भएका विश्वव्यापी आयामहरूलाई लत्याउँदै जानु भनेको पक्का पनि कूटनीतिक चरित्र हैन । यस्ता खालका प्रवृत्ति युद्धमा देखिन्छन् भन्दैमा विश्वव्यापकता र संयुक्त राष्ट्रसंघले समेत प्रेरक सिद्धान्तका रूपमा लिएको पञ्चशीललाई आधार मान्नु आवश्यक देखिन्छ । 

अमेरिका चीन व्यापार युद्ध (ट्रेड वार) टड्कारो छ, लाग्छ अबको एक दशकमा यसले विश्व आर्थिक मन्दीको वातावरण   सिर्जना गर्ने आधार बन्दैछ  । उता विश्वव्यापी द्वन्द्वले पिकअप लिनुयता ट्रेड वारको दायरा फराकिलो बन्नु, यसले पक्का पनि विकासीय आधारशिलालाई सुस्त नै बनाउँछ । दुवै खाले युद्धले स्वाभाविक रूपमा मुलुकको अर्थिक कार्य प्रणालीमा असर गरी गिरावटको अवस्था सिर्जना गर्दछ । विगतमा निम्तिएको पहिलो र दोस्रो विश्वयुद्धका परिणामका स्वरूप आर्थिक मन्दी निम्तिएका हुँदा स्वभावैले यसलाई नकार्न सकिन्न । दोस्रो हिसाबमा, भनिएको व्यापार युद्ध परिणामत कारोबार युद्धमा परिणत हुने लय ट्रम्पले हालसालै गरेको मध्यपूर्वको भ्रमणले छनक दिन्छ । 

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीको कारकका रूपमा अमेरिकी बजारमा सुस्ताएको घरजग्गा व्यापार थियो । जसका कारण मुलुककै उत्कृष्ट बैंक लेह्मन ब्रदर्ससमेत टाट पल्टिएको थियो । यसै प्रकारको मन्दी सन् २०२३ पछि हालसम्म नेपालमा परेकै छ । यसैकारण नेपालमा वित्तीय संस्थाहरूमा क्यास होल्डिङ (तरलता) ज्यादा छ । मौद्रिक नीतिको माध्यमद्वारा लगानीका क्षेत्र फराकिला र लगानीमैत्री वातावरण आदिका सिर्जनापश्चात् मात्र नवनियुक्त गभर्नरको सफलताका मानक तय हुन सक्छन् । यसका लागि कम्तीमा पनि एक वर्षको अवधि कुर्नुपर्ने हुन्छ ।

ट्रम्प–मस्क शीतताप 

अंग्रेजीमा एक प्रसिद्ध भनाइ छ, नथिङ भेरी भेरी गुड एन्ड नथिङ भेरी भेरी ब्याड एक्जिस्ट फर नो टाइम (ज्यादा सामीप्यता र ज्यादा दूरस्थ कदापि दिगो हुन्न) ।  यही भयो पहिला, अब विच्छेदनमुखी बन्नु ठूलो रहेन । यही प्रकारको प्रवृत्ति देखिएको छ ट्रम्प र मस्कबीच हिजोआज । प्रविधिजन्य आधारशिलाबाट कार्यान्तरित मस्क फलोब्याक चाहन्छन्, ट्रम्प सो दिन उति प्रगाढ छैनन् । लाग्छ, यसैकारण शीत र ताप झन् प्रगाढिलो बन्नेवाला छ । 
एकातर्फ भौतिक युद्धको बाछिटा प्रगाढिनु, अर्कातर्फ ट्रेडवार दिगो बन्न लाग्नु यसलाई ध्रुवीकरणको अर्को स्वरूपभन्दा फरक नपर्ला । लाग्छ, यसैका क्रान्तिकारी बाछिटा स्वरूप अब धु्रवीकरण बहुदेशीय बन्ने मेलोमा छ । मेलो डिरेल (बाटो बिराउने) को चौबाटोेमा पुग्यो भने अचम्मिनु पर्ने अब रहेन । प्रहिलो र दोस्रो विश्वयुद्ध पनि भर्‍याङद्वारा छलाङकै अवधारणामा सञ्चालित थिए । भला ऊ बेला प्रविधिको उति विकास भइसकेको थिएन । 

हाम्रो विदेश नीति फितलो बन्नु स्वाभाविक हो। अन्य छिमेकी मुलुकमा आवधिक निर्वाचनपछि मात्र सरकार परिवर्तन भएका छन्। विश्वका मुलुकहरू एक ढंगले ध्रवीकरणको बाटोमा लाग्दा पनि समग्र आर्थिक परिसूचकहरू प्रगतिपथमा छन्। 

ट्रम्प–मस्क शीतताप प्रविधि र प्रणालीबीचको लेखाजोखा हो । पछिल्लो समय विश्वमा विकसित भू–राजनैतिक संवेदनशीलताबाट उब्जिएको कठोरता यसको कारक तत्त्व बन्न सक्छ । भन्ने पनि गरिन्छ, उग्रराष्ट्रवादमा द्वन्द्वको बीज हुन्छ । यसै मेसोमा रोेयल कलेज अफ डिफेन्स स्टडीज वेलायतकाका प्राध्यापक डा. वारेन चिन लेख्छन्, प्राचीन र आधुनिक समयमा राज्य निर्माण तथा स्थापनामा युद्धको प्रायोगिक भूमिका हुन्छ, जहाँ प्रविधिले आन्तरिक आत्मनिर्भरता बढाएको पाइन्छ । 

ट्रेडकै मेलोमा बीबीसी लेख्छ, के भारत–अमेरिका व्यापार सम्झौता अप्ठ्यारोमा छ ? लाग्छ मस्क–ट्रम्प नजरअन्दाजको  अदृश्य फल भारतले लिन लाग्दैछ । तर यो ‘डिल’ थप कठिन बन्न सक्छ भारतका लागि । विश्वास गरिएको छ, यो डिल कृषि, मोटर पार्टपुर्जा र स्टिल उत्पादनका सीमाशुल्कमा मात्र लागू हुन सक्ने आकलन छ । ट्रम्प भन्छन्, भारतले अमेरिकाको मकै (कर्न) खरिद गरिदेओस्, विश्वको आठौं कृषिजन्य उत्पादन निर्यात गर्ने मुलुक भारतलाई सो आवश्यक नरहेको तथ्यांक छ । यसैबाट समेत चिसोपना बढ्न सक्छ, ट्रम्प–मोदीबीच । आफ्नै मुलुकका धनाढ्य तथा सहयोगीसँग शीत–तापको रापमा रमाउन सक्नेले भारतलाई पनि सोही व्यवहार गर्न सक्ने आकलन विश्लेषकहरूको छ ।  जसले गर्दा नेपालजस्तो मुलुकसमेत प्रभावरहित नरहने सक्ने वातावरण निम्तिन सक्छ ।

प्रभावहीन मेलो 

पछिल्लो समय ट्रम्पले गरेका एकपछि अर्को निर्णयहरू विवादित बन्दै गएकाले, उनको प्रसिद्धिको ग्राफ घट्दो छ । समयचक्रले निर्धारण गर्ने यस्ता घटना दोहोरिनु कुशल लिडरसिपको संकेत नभएको कुरा व्यवस्थापन विज्ञानको दर्शन हो । पछिल्लो समय ट्रम्पले गरेका निर्णयका विषयमा युवासँग गरिएको एक सर्वेक्षणमा उनले गरेका प्रायजसो निर्णय डिस्अप्रुभ (अस्वीकृत) भएका देखिन्छन् । एकातर्फ अर्का धनी व्यापारीले नयाँ राजनीतिक दल खोलेको अवस्था छ भने अर्कातर्पm ट्रम्पको पछिल्लो समयको वाणिज्य नीति, परराष्ट्र नीति, मिडियामाथिका आक्रमण शैली, आदि उति सन्तोषजनक मानिएका छैनन् । भनिएको छ, ट्रम्प आफ्नै पार्टीवृत्तबाट आलोचित हुन थालेको अवस्था छ । एकातर्फ वैकल्पिक नयाँ दलको सुरुवात तथा ट्रम्प स्वयम्को ग्राफ कमजोर बन्नुले पनि अमेरिकी राजनीतिको धु्रवीकरणको गति बेगिलो देखिन्छ । 

अमेरिकी राजनीति अब त्रिकोणीय वन्न सक्ने मेलो पछिल्लो समय निर्मित समीकरणमा भर पर्न सक्ने आकलन छ । एलन मस्कको अनुराग बहुमुखी छ । उनी टेस्ला, स्पेस एक्स, टिटर (हाल एक्स), स्टारलियजस्ता कम्पनीका प्रमुखसमेत हुन । वा उनी बिजिनेस टाइकुन हुन । विश्वको इतिहास तथा तथ्यांक हेर्दा राजनीतिमा आबद्ध भएका कमैमात्र व्यापारी राजनीतिमा सफल भएका पाइएका छन् । डोनाल्ड ट्रम्पको रिसको झोंकमा स्थापना भएको उनको वैकल्पिक राजनीतिक दलले कतिको सफलता पाउँछ त्यो हेर्नसमेत बाँकी नै छ । केवल दुई दलमा बानी परेका अमेरिकीलाई तीन दलमा अभ्यस्त बनाउन मस्क कत्तिको सफल हुन्छन् त्यो हेर्न बाँकी नै छ  ।

अतः अन्तस्करण

भावशून्यता विश्वव्यापी मानव सभ्यताको परिचय हैन, यसैकारण धु्रवीकरणको ध्येय ‘अल्टिमेट’ शक्ति नै हो । विद्यमान वैश्विक शक्ति सञ्चय नै ध्रुवीकरण निम्त्याउने ‘फ्याक्टर’ हो । जस्तै वर्तमान अमेरिकी र रुसी शक्ति सञ्चय, जसको उपयोग हिजाओज भयो तर उपभोगसिद्धताको मान् लगभग शून्य रह्यो ।   स्रोत नियन्त्रणका सारमा मेलो लागेका यस्ता युद्ध जर्ज ओरवेलले भनेजस्तै ‘पूर्णरूपले जितिँदैन र हारिँदैन’ को अवस्था महसुस गरिसकिएको छ । यस्ता युद्धलाई  राजनीतिक शक्ति र आर्थिक नियन्त्रणका गतिला संयन्त्रका रूपमा लिइन्छ ।   

एकातिर आर्थिक सबलीकरणका पाटाहरू सबल बन्न नसक्नु, अर्कातर्फ काम गर्ने दक्ष जनशक्ति विदेश पलायन हुनु भनेको मुलुक औद्योगिकीकरणको मार्गबाट डिरेल हुनु भन्ने बुझिन्छ । यो त केवल नेपालको एक आर्थिक धु्रवीकरणको उदाहरणमात्र हो । अर्को कोणबाट हेर्दा राजनीतिक धु्रवीकरण त झन् पेचिलो बन्दैछ, अन्तर्दलीय र दलीय हिसाबमा । तर यसबाट निम्तिएको दलदलको अवस्था राजनीतिक दलहरूलाई थाहा हुदाँहुँदै पनि बुझ पचाएको अवस्था छ, आन्तरिक सबलीकरणका लागि । राजनैतिक धु्रवीकरणकै कारण सरकार अस्थिर छ, अस्थिरता अन्य मुलुकका लागि प्रयोगशाला वा सो सरह छ । 

उल्लिखित कारणहरूले गर्दा नै हाम्रो विदेशनीति फितलो बन्नु स्वाभाविक हो । अन्य छिमेकी मुलुकमा आवधिक निर्वाचनपछि मात्र सरकार परिवर्तन भएका छन् । विश्वका मुलुकहरू एक ढंगले धु्रवीकरणको बाटोमा लाग्दा पनि समग्र आर्थिक परिसूचकहरू प्रगतिपथमा छन् । सरकार अस्थिर भएको पाइन्न । नेताप्रति जनतको रुष्टता पाइन्न । हो यही हो सबल सरकारकोे मानक । भारत युद्धमा गयो, सरकार एकत्रित छ । अमेरिका व्यापार युद्ध र भौतिक युद्धमा गयो, सरकार एकताबद्ध छ । रुस युद्धमा गयो, सरकारप्रति उत्तरदायी छन् जनता । नगन्य मात्रामा सरकारका विरोध भए, औसत जनता सरकारप्रति समरूपी छन् । यसलाई नेता–जनता वन्डिङ भनिन्छ । यस्ता नेता–जनता वन्डिङ हुन सक्यो भने धु्रवीकरण न्यून प्रायः हुन्छ । यो वर्तमान नेपाल र विश्वको आवश्यकतासमेत हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.