अवैध औषधिसहित विराटनगरबाट एकजना पक्राउ

अवैध औषधिसहित विराटनगरबाट एकजना पक्राउ
सुन्नुहोस्

विराटनगर : भन्सार छली गरेर भारतदेखि ल्याइएको विभिन्न प्रकारका अवैध औषधिसहित विराटनगरबाट एक जनालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ। 

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार विराटनगर महानगरपालिका–१६ का २६ वर्षीय सिकन्दर यादवलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई विराटनगर महानगरपालिका–१६ दरैयाबाट बिहान ४ः४० बजेतिर पक्राउ गरेको थियो। 

भन्सार छली गरेर बीआर ३८ एच २२२७ नम्बरको भारतीय मोटरसाइकलमा ल्याइएको औषधिसमेत प्रहरीले बरामद गरेको छ। ओमेगाटाइम क्याप्सुल ४ काटुन (२ सय ३० बट्टा), प्रोकल डी ट्याब्लेट ४७ बट्टा र ट्रकमाकल एम ट्याब्लेट ७ सय ९२ बट्टा बरामद गरिएको डीएसपी चुँडालले बताइन्। 

उनका अनुसार सबैमा प्रतिबट्टा ३० वटा ट्याब्लेट छन्। ७ लाख ९० हजार ३ सय रूपैयाँ बराबरको औषधि बरामद भएको जानकारी चुँडालले दिइन्। अवैध औषधि र मोटरसाइकलसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।
उनलाई विराटनगर भन्सार कार्यालय बुझाउने प्रहरीको तयारी छ। 

प्रहरीलाई देख्नसाथ औषधि फालेर यादव फरार भएका थिए। भाग्दै गर्दा प्रहरीले लखेटेर नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले यस विषयको थप अनुसन्धान अघि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.