किशोरीको डिम्ब बेचेको आरोपमा तीन डाक्टरमाथि अनुसन्धान

किशोरीको डिम्ब बेचेको आरोपमा तीन डाक्टरमाथि अनुसन्धान
सुन्नुहोस्

काठमाडौं : किशोरीको डिम्ब निकालेर बेचबिखन गरेको आरोपमा तीन डाक्टरसहित पाँचजनाविरुद्ध अनुसन्धान सुरू भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’का प्रवक्ता युवराज खड्काका अनुसार काठमाडौंको बबरमहलस्थित  ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’का तीन डाक्टरसहित पाँचजनाविरुद्ध प्रहरीमा उजुरी परेको थियो । 

उजुरीमा १८ वर्षभन्दा मुनिका किशोरीलाई पैसाको प्रलोभन दिएर उनीहरूकै शरीरबाट डिम्ब निकालेर बिक्री गरेको आरोप छ । सीआईबीले अनुसन्धानका लागि होप फर्टिलिटीका डा.अश्मि अधिकारी,डा. स्वस्ती शर्मा, डा.मालिना चौधरी र अन्य कर्मचारी जस्टिना प्रधान र एलिसा वलीलाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक बयान सकिएपछि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको छ । आफूमाथि लागेको आरोपमा उनीहरूले इन्कारी बयान दिएका छन् । सीआईबीका  प्रवक्ता भन्छन्,'किशोरीका परिवारले प्रहरीमा उजुरी दिएका छन्। डाक्टरहरूको बयान जेजस्तो आएपनि प्रहरीले आफ्नो तरिकाले अनुसन्धान अगाडि बढाएको छ । '

निःसन्तान दम्पतिलाई आईभीएफ,आईओयुलगायत विभिन्न अत्याधुनिक प्रविधिको सहयोगले बच्चा जन्माउन सहयोग गर्ने यो संस्थाले उमेर नपुगेका किशोरीको डिम्बको कारोबार गरेको उजुरी परेको थियो। सीआईबी प्रवक्ता खड्का भन्छन्,'पीडित किशोरीलाई १० देखि १५ हजार दिएर विभिन्न औषधि तथा इन्जेक्सनको माध्यमबाट डिम्ब निकालेको आरोप उनीहरूमाथि छ।'

नाबालिकामाथि सहमति लिएरै पनि कुनै पनि प्रकारको यौनजन्य कार्य गर्न/ गराउन कानुनले नै बन्देज गरेको छ। निम्न वर्षीय ती किशोरीलाई एकजना महिलाको सहयोगमा प्रलोभन दिएर होप फर्टिलिटीमा पुर्‍याइएको खुल्न आएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.