गृह मन्त्रालयले गर्यो चार सहसचिवको सरुवा, अध्यागमन विभागको महानिर्देशकमा तिवारी, कोइराला मन्त्रालय तानिए
काठमाडौं : गृह मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले मंगलबार गृह प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ। त्यस्तै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालालाई गृह मन्त्रालयमा तानिएको छ। कोइरालामाथि विमानस्थलबाट हुने मानव तस्करी रोक्न नसकेको आरोप लाग्दै आएको छ। कोइरालाले दुई महिना पनि काम गर्न पाएनन्। उनलाई गत जेठ ६ गते पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट अध्यागमन कार्यालयमा सरुवा गरिएको थियो।
खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख बनाइएको छ।
गृह मन्त्रालयले कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !