मोरङको जहदाबाट पेस्तोल बरामद, २ जना पक्राउ

मोरङको जहदाबाट पेस्तोल बरामद, २ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङको जहदाबाट प्रहरीले बुधबार बिहान पेस्तोल बरामद गरेको छ । हतियार लुकाएर राखेको आशंकामा २ जना पक्राउ परेका छन् । 
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार जहदा गाउँपालिका–४ हटिया टोलबाट बिहान करिब ६ बजेतिर हतियार बरामद भएको हो । दिनेश मण्डलको टाटीबेरा प्रयोग गरी टिनको छानो लगाएर बनाइएको भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको उनको भनाइ छ । 

उनका अनुसार भुस राख्ने घर खानतलासी गर्दा प्लाष्टिकको बेरामा गहुँको भुसभित्र लुकाएर राखिएको ‘मेड इन जापान’ लेखिएको १ थान सिक्सर पेस्तोल बरामद गरिएको हो । प्रहरीले पेस्तोलसँगै हातमा लगाउने नक, एउटा खुकुरी र मोबाइल पनि बरामद गरेको छ । 

बरामद भएको हतियार लुकाएर राखेको आशंकामा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको जानकारी डीएसपी चुँडालले दिइन् । प्रहरीका अनुसार हतियार लुकाएर राख्नेमध्ये जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । 
पक्राउ परेकाहरुले उक्त हतियार भारतबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । किन र कहिले ल्याएका हुन् भन्ने यकिन छैन । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि यथार्थ पत्ता लाग्ने डीएसपी चुँडालले बताइन् । 

हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको पाइएको प्रहरी स्रोतले बतायो । ‘मोटरसाइकल चोरीमा संलग्न रहेको पाइएपछि यसअघि चोरी मुद्दा चलाइएको थियो । सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेका हुन् । त्यसपछि हतियार कारोबारमा संलग्न भएको पाइयो । यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो । 
पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले हतियार आपूर्तिको शृङ्खला र सम्भावित अपराधिक योजनाका बारेमा अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.