सडक दुर्घटनामा महिलाको मृत्यु

सडक दुर्घटनामा महिलाको मृत्यु
सुन्नुहोस्

महोत्तरी : सडक दुर्घटनाबाट गौशालामा एक महिलाको मृत्यु भएको छ। बुधबार गौशाला नगरपालिका–३ स्थित सडकखण्डमा  दुई मोटरसाइकल दुर्घटना हुँदा भंगहा नगरपालिका–४ का ४० वर्षिया अमला देवीको मृत्यु भएको हो।

गौशालाबाट औरहीतर्फ गइरहेको ज५प ५०१४ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आइरहेको वीआर०७ए जी ८१३२ नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा भंगहा नगरपालिका–४ का श्याम सरदार, अमला देवी र सुनिल कुमार सिंह घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते भएकी अमला देवीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा मृत्यु भएको छ।

दुर्घटनामा संलग्न भारतीय नम्बरको मोटरसाइकल चालक फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.