गल्याङ नगरपालिकाका ३५ घरमा खानेपानीको धारा निर्माण
स्याङ्जा : गल्याङ नगरपालिका–२ टकुनचौरमा ३५ वटा घरका लागि खानेपानीका धारा निर्माण गरिएको छ। पानीको अत्यन्तै समस्या रहेको टकुनचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाको २ लाख रुपैयाँको लागतमा खानेपानीको धारा जडान गरिएको हो।
सबैलाई खानेपानीको सहज पहुँचमा ल्याउने उद्देश्यले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरी खानेपानी उपलब्ध गराइएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !