राता रक्तकोष कमी भएमा हुन्छ रक्तअल्पता
राता रक्तकोषहरू हड्डीको भित्री भाग मासिमा उत्पन्न हुन्छन् । यिनीहरूको आयु करिब १२० दिनको हुन्छ ।
राता रक्तकोषमा हेमोग्लोबिन भन्ने रातो पदार्थ हुन्छ । यही कारणले गर्दा रगत रातो हुन्छ । यिनीहरूले अक्सिजन, कार्बनडाइअक्साइड र नाइट्रोजन आदि ग्यासहरू ओसारपसार गर्ने काम गर्छन् ।
राता रक्तकोषहरूमा न्युक्लियस हुँदैन । त्यसैले मानिसको ढाड, करङ, स्टेरनम, खप्परको हाड, हात गोडाको हाडमा राता रक्तकोष बन्छन् । एउटा वयस्क व्यक्तिको प्रति मिलीलिटर रगतमा ४.५ देखि ६.५ मिलियन (४५ देखि ६५ लाख) राता रक्तकोषहरूको संख्या हुन्छ ।
रगतमा राता रक्तकोषहरूको संख्या धेरै कम भएको अवस्थालाई रक्तअल्पता भनिन्छ । खासगरी गर्भवती, सुत्केरी महिला र शल्यक्रिया गरेको व्यक्तिलाई रक्तअल्पता हुन सक्छ । यस्तो अवस्था आउन नदिन सागसब्जी फलफूल आदि फलामयुक्त खाने कुराहरू बढी खानु पर्छ ।
प्रतिक्रिया दिनुहोस !