‘सौर्यको विमान दुर्घटना प्राविधिक त्रुटिले’

‘सौर्यको विमान दुर्घटना प्राविधिक त्रुटिले’
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्षको साउनमा भएको सौर्यको जहाज दुर्घटनामा ‘प्राविधिक त्रुटि’ भेटिएको अनुसन्धान आयोगले जनाएको छ । २०८१ साउन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै सौर्यको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । उक्त जहाज प्राविधिक कारणले दुर्घना भएको आयोगको निष्कर्ष छ । दुर्घटनाको मूल कारण पाइलट/कम्पनीको तयारीमा कमजोरी (प्राविधिक त्रुटि)सँगै नियामक निकाय, विमानस्थल व्यवस्थापन र उद्धार सेवाको समन्वय अभाव देखिएको आयोगको निष्कर्ष छ । 

गत वर्ष साउन ९ मा (जुलाई २४, २०२४) सौर्य एयरलाइन्सको सीआरजे २०० एलआर विमान नाइनएन–एएमई पोखरा जाँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटनामा परेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा गठित वायुयान दुर्घटना अनुसन्धान आयोगले गत सोमबार १४ मा बुझाएको ६२ पृष्ठ लामो प्रतिवेदनले दुर्घटनाको मूल कारण र यससँग सम्बन्धित लापरबाहीलाई उजागर गरेको छ ।

प्रतिवेदनअनुसार घटनाको मुख्य कारण भनेको यसको स्पिडकार्ट (भी–कार्ड) को एड्जसमेन्ट (अनुकूलन)मा भएको खराबीलाई मानिएको छ । जसले गर्दा जहाज अघि बढ्ने पिच हाई भयो तर सोही गतिमा जहाजको रोटेसन स्पिड (टर्निङ स्पिड) कम भयो । यसले गर्दा जहाज अनियन्त्रित भएर दायाँतिर कोल्टे परेर खसेको आयोगको निष्कर्ष छ । जहाजको १८ हजार ५०० किलोग्राम भारको आधारमा तयार गरिएको स्पिडकार्डमा त्रुटिपूर्ण भी–स्पिडहरू उल्लेख गरिएको सौर्य एयरलाइन्सले प्रयोग गरेको उक्त स्पिडकार्ड कहिल्यै अनुमोदनमा नगईकनै प्रयोग भएको प्रतिवेदनले भनेको छ । कम्पनीले टेकअफको क्रममा उच्च पिच दर देखिने धेरैजसो अघिल्ला घटनाहरूलाई कम्पनीले विश्लेषण नगरी बेवास्ता गरेको उल्लेख छ । 

प्रतिवेदनले मुख्य कारण घट्ना हुने अन्य कारण पनि उल्लेख गरेको छ । सौर्य एयरलाइन्सको उक्त जहाज ३४ दिनसम्म ग्राउन्डेड थियो । जहाजको प्राविधिक आवश्यकताबमोजिम जहाजको मर्मतसम्भार (मेन्टेनेन्स) र चेक अपटुडेट नहुँदा भिकार्डले स्पिडको सन्तुलन गर्न सकेन र जहाज दुर्घटना भएको उल्लेख छ । यस्तै, त्यसको भार वितरण (लोड डिस्ट्रिबुसन) पनि उचित नभएको भनिएको छ । एयरलाइन्सको यो व्यावसायिकभन्दा पनि फेरि उडान (मर्मतका लागि सम्बन्धित स्थानसम्म उडाउने) थियो, जसले गर्दा जहाजमा परिचारिका थिएनन् । जति जना यात्रु बसे उनीहरू आ–आफ्नो तरिकाले बसे र जति कार्गो राखेको थियो, त्यो नबाँधेर यत्तिकै राख्दा जहाज एकातिर कोल्टिँदा लोड पनि सबै त्यतैतिर ढल्कियो र जहाजको भार सन्तुलन हुन नसकी जहाज दुर्घटना भएको भनिएको छ । यात्रुबिनाको उडानको परिभाषा अस्पष्ट भएको र तयारीदेखि कार्यान्वयनसम्म धेरै प्रावधानहरूको उल्लंघन भएको पाइएको प्रतिवेदनले भनेको छ । 

विमान ३४ दिनदेखि ग्राउन्ड गरिएको थियो, त्यसको मर्मतपश्चात् पोखरा सी–चेकका लागि पठाइँदै थियो । टेकअफको तयारीमा अनावश्यक हतारो, अपूर्ण चेकलिस्ट र उपकरण सञ्चालनमा त्रुटि प्रतिवेदनले औंल्याइएको छ । दुर्घटनापछि उद्धारमा समेत ढिलाइ भएको भनिएको छ । दुर्घटनास्थल विमानस्थलको पूर्वपट्टि अप्ठ्यारो भौगोलिक स्थानमा परेकाले रेस्क्यू फायर टिमले समयमै प्रभावकारी कार्य गर्न सकेन । उद्धारको क्रममा मृतकहरूको झोला र समानहरू सौर्य एयरलाइन्सको कार्यालयसम्म पुर्‍याइएको पाइयो, जुन सुरक्षा दृष्टिकोणले गम्भीर त्रुटि भनिएको छ । 

यस्तै, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)मापदण्डअनुसार रनवे स्ट्रिपको चौडाइ २ सय ८० मिटर हुनुपर्नेमा दुर्घटनास्थलमा १ सय ५० मिटर भएको र दुर्घटनास्थल नजिकको आपत्कालीन प्रवेशद्वार निर्माण सामग्रीले अवरुद्ध थियो । एयरपोर्ट रेस्क्यू एन्ड फायर फाइटिङ सेवाले आवश्यक तालिम, योजना तथा संसाधन उपयोग गर्न नसकेको उल्लेख छ ।

सिफारिस र सुधारात्मक उपाय
अनुसन्धान आयोगले तुरुन्त लागू गर्नुपर्ने ३ सिफारिससहित कुल ४१ बुँदामा सुरक्षा सिफारिसहरू प्रस्तुत गरेको छ । 
–    सौर्य एयरलाइन्सले आफ्नो स्पिडकार्ड प्रणाली, फेरि फ्लाइट तयारी प्रक्रिया, र सामान बोक्ने प्रबन्धमा सुधार गर्नुपर्ने ।
–    नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमोदन प्रणाली कडाइका साथ कार्यान्वयन गर्नुपर्ने । 
–    त्रिभुवन विमानस्थलमा रनवे स्ट्रिप सुधार, उद्धार योजना पुनरावलोकन र दष्लिम कउयत हरू हटाउने काम यथाशीघ्र गरिनुपर्ने । 
–    विमान निर्माता कम्पनीले पनि सम्बन्धित प्रयोगकर्तालाई स्पिडकार्ड र फ्लाइट डाटाका सीमाहरूबारे थप मार्गदर्शन दिनुपर्ने ।

५ आन्तरिक गन्तव्यमा उडान भर्दै आएको सौर्य एयरलाइन्सको विमान गत वर्षदेखि नै ग्राउन्डेड भएको छ । एयरलाइन्सँग २ वटा जहाज भएकोमा एउटा जहाज नियमित चेकजाँचका लागि पोखरा लैजाने तयारी थियो । जहाजको नियमित उडान तालिकालाई रोकेर फेरि उडानको अनुमति लिएको थियो । फेरि उडानमा चालकदल र केही प्राविधिक जाने चलन छ । विमान परिचारिका पनि यो उडानमा नलगिने विज्ञ बताउँछन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग फेरि उडानको अनुमति लिदै जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लैजान अनुमति लिएको थियो । एयरलायन्सको कलसाइन नाइनएन–एएमई बोम्बारडियर जहाज सी चेकका लागि पोखरा लगिँदै थियो । 

१७ जना प्राविधिज्ञ र २ चालकदलसहित पोखरा जाने जानकारी प्राधिकरणलाई दिइएको थियो । जहाज उडानका लागि योग्य थियो । ११ बजेर ११ मिनेटमा रनवे ०२ कोटेश्वरबाट उडेको जहाजले सतह छोडेर करिब ४ सय फिट माथि गएपछि सन्तुलन बिग्रिएर रनवेको पूर्वतिर भुइँमा बजारिन पुग्यो । पहिला बायाँतिर र फेरि दायाँतिर मोडिदा जहाज धावनमार्गको पूर्वतिरको घाँसे मैदानमा बजारिएर र जोतिएर दुर्घटना भयो । जहाजको क्यापटेन मनीषरत्न शाक्यबाहेक अन्य १८ जनाको मृत्यु भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.