एमाले पोलिटब्युरो बैठक : विद्यादेवी भण्डारीको सदस्यता नवीकरणबारे भएन निर्णय

एमाले पोलिटब्युरो बैठक : विद्यादेवी भण्डारीको सदस्यता नवीकरणबारे भएन निर्णय

काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणबारे निर्णय भएन। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे निर्णय नभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

पूर्वराष्टपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा पनि बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए। 'पूर्वराष्ट्रपति भण्डारीको विषयमा बैठकमा छलफल भए पनि अहिले नै हामी ठोस् निष्कर्षमा पुगेका छैनौँ',उनले भने, 'अधिकांश साथीहरूको भनाइ राजकीय उच्च तहमा पुगेका र संविधानको संरक्षक भइसकेका व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर विषय हो भन्नुभएको छ। यसमा पार्टीले आवश्यक परामर्श गरेर उचित समयमा निष्कर्ष दिनेछ।'

पूर्वराष्ट्रपति भण्डारीका विषयमा केन्द्रीय कमिटी बैठकमा पनि छलफल गरिने उनले जानकारी दिए। 'पूर्वराष्ट्रपति भण्डारीप्रति पार्टीले आग्रह र पूर्वाग्रह राख्नुपर्ने कुनै कारण छैन। उहाँलाई जुन सर्वोच्च पदमा पार्टीले पठायो, यसबारे गम्भीर र सकारात्मक रूपमा छलफल भयो', गौतमले भने,'अब यस विषयमा आगामी बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्नेछ।'

यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि भण्डारीबारे छलफल भएको थियो। सार्वजनिकरूपमै एमालेमा फर्किने घोषणा गरेपछि भण्डारीको विषय एमाले बैठकमा प्रवेश पाएको हो। 

गत असार १४ गते मदन जयन्तीका अवसरमा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी थिइन्। भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिन आफूले पार्टी सदस्यता नवीकरण गरेको बताएकी थिइन्।  

एमालेको राजनीतिमा सक्रिय हुने घोषणालगत्तै भण्डारीले पूर्वराष्ट्रप्रमुखका रूपमा प्राप्त गर्दै आएका सेवा सुविधा त्यागेकी थिइन्।  

यस्तै भण्डारीले एमालेमा आफ्नो जिम्मेवारी केन्द्रीय कमिटीले तय गर्ने बताएकी छन्। उनले विधान महाधिवेशनमा पनि उपस्थिति हुने कुरा पार्टीको केन्द्रीय कमिटीले तय गर्ने बताएकी हुन्। 

तर एमालेको सचिवालय र पोलिटब्युरो बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ। यो प्रस्तावलाई केन्द्रीय कमिटीले पनि पारित गरेमा भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी छन्।  

आज पारित गरिएको विधान संशोधन प्रस्ताव यही साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ। एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.