दक्षिण कोरियामा बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु
काठमाडौं : दक्षिण कोरियामा मुसलधारे वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयले दिएको जानकारी अनुसार हालसम्म १४ जनाको मृत्यु भएको हो। बाढी पहिरोमा परी १२ जना बेपत्ता छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। हाल उद्धार कार्य जारी छ।
एउटा भिडियो फुटेजमा पहिरो प्रभावित गाप्योङ सहरका मानिसहरू दलदल जस्तो हिलो हुँदै भत्किएको पुल पार गर्दै राहत शिविरमा गएको देखिन्छ।शनिबार सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो फुटेज अनुसार,दक्षिणको चुङचेओन क्षेत्रमा पहिरो गएपछि एउटा पूरै गाउँ हिलो र भग्नावशेषमा पुरिएको छ।
प्रतिक्रिया दिनुहोस !