यातायात व्यवसायी शर्माको परिवारलाई आर्थिक सहयोग
स्याङ्जा : ह्दयघातका कारण मृत्यु भएका यातायात व्यवसायी भूमिलाल शर्माको परिवारलाई स्याङ्जा गण्डकी यातायातले ५० हजार सहयोग गरेको छ।
प्रतिनिधिसभा सदस्य राजु थापा र यातायात प्रालिका अध्यक्ष भानुभक्त बरालले शर्माका पत्नी डीलकुमारीलाई सो रकम हस्तान्तरण गरे। शर्माका एक छोरा र छोरी पनि छन्।
लामो दूरीको बस चलाएर पोखरा स्थित डेरामा आइपुगेका शर्मा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !