पहिलो हाफमा नेपाल बंगलादेशसँग १-० गोलले पछि पर्यो
ढाका : साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गतको लिग चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल बंगलादेशसँग १-० गोलले पछि परेको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा भएको खेलको ८औं मिनेटमा नेपालकी गोलकिपर सुजाता तामाङ र ३ जना डिफेन्डरलाई बिट गर्दै बंगलादेशकी इफर्वाड सागोरिकाले गोल गरिन्।
नेपालले पहिलो खेलमा भुटानलाई ६-१ हराएको थियो। दोस्रो खेलमा घरेलु टिम बंगलादेशसँग नेपाल ३-२ ले पराजित भएको थियो। तेस्रो र चौथो खेलमा नेपालले श्रीलंकालाई समान ७-० गोलले हराएको थियो। पाँचौं खेलमा नेपालले भुटानलाई ८-० ले पराजित गर्यो। लिगको अन्तिम खेलमा घरेलु टिम बंगलादेशलाई उपाधिका लागि बराबरी मात्रै पर्याप्त हुनेछ भने नेपाललाई जित्नैपर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस !