नेपालकै पहिलो चिज उत्पादन केन्द्र बन्द हुने अवस्थामा

नेपालकै पहिलो चिज उत्पादन केन्द्र बन्द हुने अवस्थामा
सुन्नुहोस्

काठमाडौं :  नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा पुगेको छ। २००९ सालमा स्थापना भएको केन्द्रमा किसानले दूध न्यून मात्रामा मात्र ल्याउन थालेपछि केन्द्र बन्द हुने अवस्थामा पुगेको हो। 

सरकारले उचित मूल्य नदिँदा चौँरीपालक किसान घटेका छन् जसले गर्दा दूध उत्पादन घटेको छ। केन्द्र प्रमुख ग्याल्बु तामाङका अनुसार केन्द्रमा अहिले दैनिक ८० देखि ९० लिटर दूध आउने गरेको छ। विगत वर्षहरूमा दैनिक ५ सय लिटरसम्म दूध आउने गरेको थियो। 

‘सरकारले उचित मूल्य नदिँदा चौँरी पाल्ने किसान घटेका छन्। अहिले किसान चौँरी पाल्न छाडेर विदेश जाने तयारीमा लागेका छन्। यसले गर्दा केन्द्रमा चिज उत्पादन घटेको छ। यसरी दूध आउन घट्दै जाने हो भने केन्द्र बन्द हुन समय लाग्दैन।’ 

केन्द्रले अहिले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे, यालाखर्क र लाङसिसाबाट चिज तथा मखन उत्पादन गर्दै आएको छ। 

केन्द्रले वार्षिक ५ हजार केजीसम्म चिज उत्पादन गर्ने गरेको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताए। यहाँ उत्पादन भएको चिज लाङटाङ तथा क्यान्जिनमा रहेका होटलमा खपत हुने गरेको छ। यस क्षेत्र पर्यटकीय क्षेत्र भएकाले पर्यटकले समेत लाने गरेका छन्। 

केनद्रमा उत्पादित चिज दुग्ध विकास संस्थानमा लैजाने गरिएको छ। यो दुग्ध विकास संस्थान अन्तर्गत सञ्चालित केन्द्र हो। केन्द्रमा उत्पादन भएको मखन चाहिँ त्यही खपत हुन्छ। यस क्षेत्रमा बर्सेनि मेला लाग्ने भएकाले मखन बिक्रीमा समस्या हुँदैन। 

केन्द्रले वैशाखदेखि कात्तिकसम्म चिज उत्पादन गर्दै आएको छ। भूकम्प गएपछि केन्द्रले पूर्ण क्षमतामा चिज तथा मखन उत्पादन गर्न सकेको थिएन। चौरीपालक कृषक घटेका कारण क्षमता अनुसार चिज उत्पादन हुन नसकेको केन्द्र प्रमुख तामाङले बताए।  

केन्द्रले चिज प्रतिकेजी १ हजार ४ सय र मखन प्रतिकेजी १ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएको छ। रसुवामा दुग्ध विकास संस्थान अन्तर्गत चारवटा केन्द्र सञ्चालनमा छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्‍मो गाउँपालिकाको गत्लाङमा चिज उत्पादन हुँदै आएको छ।  

चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको छ। गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ। जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.