मुख्यमन्त्रीविरुद्ध कांग्रेसकै सांसदले किन दर्ता गरे अविश्वास प्रस्ताव ?

मुख्यमन्त्रीविरुद्ध कांग्रेसकै सांसदले किन दर्ता गरे अविश्वास प्रस्ताव ?

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

हेटौंडा : सत्तासीन कांग्रेसभित्रको आन्तरिक किचलोले बागमती प्रदेश सरकार संकटमा परेको छ । मुख्यमन्त्री बहादुरसिंह लामालाई दल नेता र मुख्यमन्त्रीबाट हटाउन कांग्रेसकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । चार मन्त्रीले राजीनामा दिएका छन् ।  

मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन पार्टीका असन्तुष्ट प्रदेशसभा सदस्यहरूले शुक्रबार अविश्वासको प्रस्ताव संसदीय दलमा पेस गरेका छन् । लामा मुख्यमन्त्री भएको एक वर्ष पुगेलगत्तै २१ सांसदको हस्ताक्षरसहित संसदीय दलमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

अविश्वास प्रस्ताव दर्ता गराउनुअघि चार जना मन्त्रीले राजीनामा दिए । राजीनामा दिनेमा युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ छन् । उनीहरूले मुख्यमन्त्री लामालाई ह्वाटसपमार्फत राजीनामापत्र बुझाएका हुन् । 

नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्यमन्त्री आधा आधा कार्यकाल बाढ्ने सहमति छ । कांग्रेसले सरकारको नेतृत्व गर्न पाउने समय अवधिभित्र लामा र बानियाँबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति रहको बानियाँ पक्षको दाबी छ ।

राजीनामा दिएका मन्त्रीहरूसहित लामासँग असन्तुष्ट प्रदेशसभा सदस्यहरूले संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई हस्ताक्षरसहितको अविश्वास प्रस्ताव बुझाएका हुन् । कांग्रेस बागमती प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँले दल नेताबाट प्रजातान्त्रिक मूल्य, मान्यता र कांग्रेसको भावनाअनुसारका काम नभएकाले अविश्वासको प्रस्ताव ल्याउनुपरेको पत्रकार सम्मेलनमा बताए ।

‘प्रदेशको हितमा प्रभावकारी काम हुन सकेन, त्यसैले दल नेता परिवर्तनको प्रक्रिया अघि बढाइएको हो’, उनले भने, ‘हामीलाई दलका नेता बहादुरसिं लामामाथि अविश्वास पैदा भएकाले अविश्वासको प्रस्ताव दर्ता गरेका हौं ।’ दल नेता परिवर्तनपछि मुख्यमन्त्री परिवर्ततको प्रक्रियामा अघि बढ्ने बानियाँले बताए । ‘एमालेसँग मिलेर बनेको सरकारबाट नेतृत्वले प्रभावकारी ढंगले काम गर्न नसकेको संसदीय दलका अधिकांश सदस्यहरूको ठहर भयो । त्यसैले उहाँमाथि अविश्वास पैदा भएको हो’, उनले भने ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदस्य दलमा ३७ सांसद रहेकामा दल नेता परिवर्तनका लागि १९ जना सदस्य चाहिन्छ । यसअघि संसदीय दल नेतामा लामासँग पराजित प्रदेश पार्टी सभापति तथा प्रदेशसभा सदस्य बानियाँलाई नयाँ दल नेताको रूपमा अघि सारिएको छ । अविश्वास प्रस्तावमा दल नेताबाट लामालाई हटाएर बानियाँलाई बनाउन प्रस्ताव गरिएको छ । 

बजेटकै सन्दर्भलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा पनि लामासँग असन्तुष्ट रहेका छन् । यही मौकाको उपयोग गर्दैै कांग्रेस बागमती प्रदेश सभापति बानियाँले दल नेता परिवर्तको प्रक्रिया अघि बढाएका हुन् ।

अविश्वास प्रस्ताव दर्ता भएकाले यसबाट प्रक्रिया अघि बढ्ने कांग्रेस संसदीय दलका सचिव कृष्ण तामाङले बताए । अविश्वास प्रस्ताव आएपछि निर्वाचन प्रक्रियामार्फत दल नेता चयन गर्नुपर्ने गर्नुपर्ने प्रावधान छ । हाल बानियाँको पक्षमा २१ र लामाको पक्षमा १६ प्रदेशसभा सदस्य देखिएका छन् । यसअघि दल नेतामा लामाको पक्षमा २१ र बानियाँको पक्षमा १६ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । 

नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्यमन्त्री आधा आधा कार्यकाल बाढ्ने सहमति छ । कांग्रेसले सरकारको नेतृत्व गर्न पाउने समय अवधिभित्र लामा र बानियाँबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति रहको बानियाँ पक्षको दाबी छ । तर, लामा सहजै नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छैनन् । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको क्रममा मुख्यमन्त्री लामाले प्रभावकारी काम गर्न नसकेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको थियो । यही मौकामा बानियाँले असन्तुष्ट प्रदेशसभा सदस्यहरूलाई आफ्नो पक्षमा उभ्याउन सफल भए । मन्त्रीहरू नै असन्तुष्ट रहेको बजेटमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले र मुख्यमन्त्री लामाले पार्टीभित्रको सहमति नलिई मनपरी ढंगले बजेट बाँडफाँट गरेको आरोप असन्तुष्ट कांग्रेस सांसदहरूको छ । 

बजेटकै सन्दर्भलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा पनि लामासँग असन्तुष्ट रहेका छन् । यही मौकाको उपयोग गर्दैै कांग्रेस बागमती प्रदेश सभापति बानियाँले दल नेता परिवर्तको प्रक्रिया अघि बढाएका हुन् । लामा र बानियाँ दुबै देउवा पक्षका नेता हुन् । बानियाँलाई साथ दिन पार्टी महामन्त्री गगन थापा निकट आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, नेता प्रकाशमानसिं निकट संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले पनि मन्त्री पदबाट राजीनामा दिएका छन् । 

पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानियाँको अगुवाइमा भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङकिला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन् ।

लामाविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा सभापति देउवा, महामन्त्री थापा र कांग्रेस नेता प्रकाशमान सिंह पक्षधरका सांसदहरू छन् । आफूविरुद्धको अविश्वास प्रस्तावबारे मुख्यमन्त्री लामा मौन रहेका छन् । 

बागमती प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन । जसमध्ये सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एमालेका ६ जना मन्त्री र कांग्रेसबाट सरकारमा ८ जना मन्त्री रहेका छन् ।

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । एमाले–कांग्रेस समीकरणमा ६४ जना सांसद छन् । बहुमतका लागि ५६ सांसदको समर्थन भए पुग्छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.