घरमा आगलागी हुँदा गुल्मीमा महिलाको मृत्यु

घरमा आगलागी हुँदा गुल्मीमा महिलाको मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित घरमा आगलागीमा एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान करिब ३ बजे अचानक घरमा आगलागी हुँदा ३० वर्षीया जुना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारुले जानकारी दिए । 

मृतक जुना मानसिक समस्याबाट पीडित थिइन। उनी आमा ७० वर्षीया मनिदेवी विकसँगै बस्दै आएकी थिइन । प्रहरीका अनुसार आगलागी हुँदा घरभित्र मायादेवी विकसहित उनका दुई नातिहरू श्रीधर र अरुण विक थिए । तर,उनीहरू सबै सकुशल रहेका छन् । ती नातिहरू मनिदेवीका छोरातर्फका हुन्।

जस्ताले छाएको एकतले कच्ची घर आगलागीका कारण पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीको कारण अझै खुलेको छैन। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी धुर्कोटबस्तुबाट प्रहरी सहायक निरीक्षक बेगम खड्काको कमाण्डमा चारजनाको टोली खटिएको थियो । घरमा लागेको आगो बिहान नै प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आइसकेको छ।

प्रहरीका अनुसार आगलागीबाट घरभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। मृतकको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.