साउदीको कानुन उलङ्घन गर्ने २२  हजार आप्रवासी पक्राउ

साउदीको कानुन उलङ्घन गर्ने २२  हजार आप्रवासी पक्राउ
सुन्नुहोस्

साउदी : साउदी सरकारले  एक हप्ताभित्र  विभिन्न  क्षेत्रमा आवद्ध २२  हजार  ४०० जना आप्रवासीलाई  पक्राउ  गरेको छ । सरकारको  संयुक्त क्षेत्रीय अभियानको क्रममा साउदी अधिकारीहरूले राज्यभरि बसोबास गरी  श्रम र सीमा सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा  पक्राउ गरेको हो ।

सरकारले आवास नियमहरू उल्लङ्घन गरेको आरोपमा १३ हजार ८००, सीमा सुरक्षा नियमहरू उल्लङ्घन गरेको आरोपमा ५ हजार २०० र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ३ हजार ४०० जनालाई हिरासतमा लिएको छ । 

सरकारको आन्तरिक मन्त्रालयको विज्ञप्ति अनुसार १ हजार ६८७ जनाहरू गैरकानुनीरूपमा साउदी अरबमा प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेका हुन्। जसमध्ये ३८५ यमनी , ६१५ इथियोपियाली  र १५ अन्य देशका रहेका छन् । 

साथै ४०  जनालाई अवैध रूपमा विभिन्न राज्यबाट बाहिर निस्कने प्रयास गरेको आरोपमा पक्राउ गरिनुको साथै  १५ जनालाई अवैध काममा संलग्न भएको आरोपमा हिरासतमा राखिएको हो । साउदीमा हाल १८ हजार ३०० उल्लङ्घन गर्नेहरू प्रवर्तन प्रक्रियाबाट गुज्रिरहेका छन्, जसमा १५ हजार ७०० पुरुष र २५  सय  महिला समावेश छन्।

साउदी गजडका अनुसार ११ हजार जना देश निकाला भएका छन् भने  थप ११ हजारलाई यात्रा कागजात प्रशोधनका लागि कूटनीतिक नियोगहरूमा पठाइएको छ र ३२  सय जनालाई उडान व्यवस्थाको पर्खाइमा राखिएको जनाएको छ ।

अवैधानिक क्रियाकलापमा आबद्ध रहेर काम गर्ने अपराधहरूलाई प्रमुख अपराध मानिने  भएकाले सरकारलाई हटलाइन नम्बरहरूमा  रिपोर्ट गर्न आग्रह गर्दै आएको छ। रिपोर्टका लागि मक्का, रियाद र पूर्वी प्रान्तमा ९११, र बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बर समेत उपलब्ध  गराएको छ । 

ठूलो संख्यामा आप्रवासी पक्राउ परेपछि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले साउदीमा कार्यरत नेपालीलाई साउदीको नियम कानुनमा रहेर कार्य गर्न आग्रह गरेका छन्।  उनका अनुसार हालसम्म कानुनविपरीत गतिविधि गर्ने ५ सय ४४ नेपाली जेलमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.