१६ जनाको परिवारै हराएर दिनभर खैलाबैला

देशै लाग्यो खोजबिनमा, हायु परिवार भेटियो पोखरामा

१६ जनाको परिवारै हराएर दिनभर खैलाबैला

सिन्धुली : सिन्धुलीको गोलन्जर गाउँपालिका–६ बिखर कटेरी छेत्पा बस्ने उर्मिला हायुसहित उनका १६ जना परिवार रहस्यमयी तरिकाले सम्पर्कविहीन भएको घटनाले सोमबार दिनभर देशैभरि खैलाबैला भयो । कतै दुःखद् दुर्घटना त भएन कतिलाई आशंका भयो । कतिले सकुशल भेटियोस भन्ने कामना पनि गरे । उर्मिलाको घरमा सयौं गाउँले, प्रहरी, जनप्रतिनिधिहरू पुगे । रित्तो घर, बेखबर परिवार सम्झेर स्तब्ध भए । 

राज्यकै पूरै निकाय उनीहरूको खोजतलासमा लाग्यो । स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दल, स्थानीय नागरिक सोमबार सबैरैदेखि राति १० बजेसम्म खोज तथा अनुसन्धानमा सक्रिय भए । देशभरका मिडियाकर्मी तथा शुभचिन्तकहरू पलपलमा उक्त घटनाको अपडेट गर्न दिनभर खटे । एक वर्षका बालकदेखि ५२ वर्षकी महिलासम्म एकाएक सम्पर्कविहीन भएपछि अनेक तर्क र वितर्कसमेत गरिए ।

अन्ततः बेपत्ता भनिएका हायु परिवारका १६ जनै कास्कीको पोखरामा मस्त रमाइरहेको पाइयो । बेपत्ता १६ जनाको अवस्थाबारे पत्तालगाउन दिनभर स्थानीय, प्रहरी, जनप्रतिनिधिदेखि गृह मन्त्रालयसमेत खट्दा बेपत्ता हायुहरू भने पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । ‘बेपत्ता भएका १६ जनामध्ये १५ जनालाई पोखरा महानगरपालिका–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीले पुष्टि गर्नु भएको छ,’ प्रजिअ भुसालले भने ।

सम्पर्कविहीन भएकाहरूमा घरमुली ५२ वर्षीया उर्मिला हायु, उनकी छोरीहरू वर्ष २७ की कमला हायु, वर्ष २२ की उषा हायु, वर्ष १९ की सुजता हायु, वर्ष १८ की अस्मिता हायु,  वर्ष १२ की शान्ता हायु र वर्ष १० की ओमकुमारी हायु थिए । 

यस्तै छोराहरू वर्ष २९ का राजु हायु, वर्ष २४ का हिमाल हायु, वर्ष १६ को लालबहादुर हायु, वर्ष १४ को बेगबहादुर हायु, वर्ष ११ को लक्की हायु, वर्ष १२ को  सुवर्ण हायु यसैगरी उर्मिला हायुकी बुहारी वर्ष ३० की कोमल हायु पनि बेपत्ता थिइन् । उनका वर्ष ४ की नातिनी रियासा हायु र वर्ष १ का नाति अर्जुन हायु सम्पर्कविहीन थिए । बेपत्ता उर्मिलाका  श्रीमान् साने हायुको ३ वर्षअघि निधन भइसकेको छ । 

तर, यी बेपत्ता भएका भनिएकाहरूमध्ये उर्मिला हायुकी मइिली छोरी काठमाडौंबाट सम्पर्कमा आएकी थिइन् । सम्पर्कविहीन भएको परिवारकी माइली छोरी सुजाता हायु सम्पर्कमा आएको केही समयमा नै उनीहरूमध्ये १५ जना पोखरामा रहेको पत्ता लागेको हो । उनीहरू शनिबार नै पोखरा पुगेको पाइएको छ । उनीहरूलाई कास्की प्रहरीले आफन्तको जिम्मा लागाएको छ । बेपत्ता भनिएकी उर्मिला हायुको घरको भान्साघर जलेको अवस्थामा छ । उनीहरूको घरमा भाँडाकुँडा तथा सरसामानहरू  अस्तव्यस्त अवस्थामा छन् । खोरमा पाँचवटा बाख्रा, गोठमा एउटा पाडीसमेत भोकै अवस्थामा छन् । 

कुखुराहरू चरिरहेका छन् । घरमा कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । त्यहाँ तीन/चार किलो सुँगुरको मासु गनाएको अवस्था छ । 
मासु गनाएको हेर्दा उनीहरू तीन/चार दिनदेखि नै घरमा छैनन् भन्ने अनुमान लगाउन सकिन्छ । स्थानीयका अनुसार उनीहरूले घरमा ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेका थिए । हायु परिवारको घर एकान्त र एक्लै थियो । त्यहाँबाट छिमेकीको घरमा कम्तीमा १५ मिनेटको दूरीमा छ । मध्यपहाडी लोकमार्गबाट उनीहरूको घर पुग्न झन्डै २ घण्टा हिँड्नुपर्छ । 

सधैं झैं घरपारि रहेको गोठमा पाडीलाई घाँस र कुँडो दिन गइरहने हायु परिवारलाई नदेखेपछि छिमेकीहरूले उनीहरूको जानकारी लिन हायुको घरमा पुगेका थिए । घरमा पुग्दा भान्साघर जलेको अवस्थामा, भाँडाकुँडा बाहिर त्यतिकै अलपत्र परेको र गोठका गाईवस्तु भोकभोकै अवस्थामा देखेपछि स्थानीय छिमेकीहरूले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

सोमबार स्थानीयले खबर गरेलगत्तै हायु परिवारको घरमा पुगेका वडा अध्यक्ष  श्रेष्ठले घरमा १ जना पनि नभेटिएपछि प्रहरीलाई खबर गरिएको र खोजतलासमा लाग्यो । 

प्रहरीले खबर पाए लगत्तै खोजतलास सुरु गरेको छ । सिन्धुलीका प्रहरी प्रमुख (एस्पी) लालध्वज सुवेदीको कमाण्डमा सशस्त्र प्रहरी बल सिन्धुलीका प्रमुख (डिएस्पी) इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरीचौकी ग्वाल्टार, प्रहरीचौकी गढीसहितको संयुक्त टोलीले वेपत्ता हायुको घरमा पुगेर अनुसन्धान थालेको थियो । तर, गत मंगलबार तीन महिनाको सामाजिक सुरक्षा भत्ता बुझेका हायुहरू घर तथा गाईवस्त नै अलपत्र पारेर ईभी गाडी रिजर्भ गरेर पोखरा पुगे । 

उनीहरूको खुर्कोटस्थित हिमालयन बैंकबाट प्रतिमहिना ३ हजार ९ सय ९० रुपैयाँका दरले तीन महिनाको १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बुझेका थिए । हायु परिवारका १८ सदस्यमध्ये १ जना काठमाडौं र १ जना विदेशमा रहेकाले १६ जनाले भत्ता बुझेका थिए । 

उनीहरूको चालु आर्थिक वर्षका २०८२/८३ का लागि सामाजिकसुरक्षा भत्ता नवीकरणका लागि शुक्रबार वडा कार्यालयबाट सिफारिससमेत लिएका थिए । उनीहरूले अल्पसंख्यक लोपोन्मुख हायु जाति भएकाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.