कर्तव्यज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

कर्तव्यज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ
सुन्नुहोस्

स्याङ्जा : कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएर फरार रहेका एक व्यक्तिलाई २३ वर्षपछि पक्राउ परेका छन्। २०५०  फागुनमा घटेको घटनाका दोषीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

चापाकोट नगरपालिका–२ मा भएको उक्त घटनाका दोषी ४६ वर्षीय बाजिन्द्रबहादुर सोतीमगरलाई स्याङ्जा प्रहरीले पोखराबाट पक्राउ गरेको हो। गाउँमै आयोजित विवाह समारोहका क्रममा सोतीमगरले कुटपिट गर्दा ६० वर्षीय हस्ते विक गम्भीर घाइते भएका थिए। उपचारका क्रममा विकको मृत्यु भएपछि सोतीमगर फरार भएका थिए।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०५९ असोज ७ गते सोतीमगरलाई २ वर्ष कैद सजाय तोकेको थियो। सजाय तोकेलगत्तै फरार रहेका उनलाई स्याङ्जा प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.