चार प्रकारका शक्ति एमालेविरुद्ध कुप्रचारमा

पूर्वराष्ट्रपति राष्ट्रको गौरव, कार्यकर्ता हुनुहुँदैन

चार प्रकारका शक्ति एमालेविरुद्ध कुप्रचारमा

काठमाडौं : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रको गौरव भएकाले अनावश्यक विवादमा आउन नहुने जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले १२औं अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका छन् । अपानीमा भनिएको छ,‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न ।’

भण्डारी सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई एमाले कार्यकर्ता बनाउनु नहुने एमालेको ठम्याइ छ । अपानीमा भनिएको छ, ‘अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनुहुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो ।’

‘साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्मअनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने काम गर्नुहुँदैन भन्ने मान्यतामा उभिनुपर्ने हुन्छ,’ अपानीमा भनिएको छ । पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकले यसैअनुसारको निर्णय गरेको अपानीमा उल्लेख छ । 

नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक,पालनकर्ता र नेपाली सेनाको परमाधिपति जस्ता गुरुत्तर दायित्व सुम्पिएको उल्लेख गर्दै अपानीमा भनिएको छ,‘यो भूमिका आफैंमा अत्यन्त सम्मानित, गरिमायुक्त र ऐतिहासिक महत्वको छ । राष्ट्रपति संस्थाको यही गरिमामय ओहदालाई ध्यानमा राखेर त्यस जिम्मेवारीमा निर्वाचित हुने व्यक्ति आफ्नो दलीय या अन्यसंस्थागत आबद्धताबाट पूर्णरूपमा मुक्त भएर निष्पक्ष भूमिकामा रहने र पदमा रहँदा संवैधानिक सीमाभित्र रहेर काम गर्ने व्यवस्था नेपालको संविधानले गरेको छ ।’ गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाशप्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना नगरेको पनि अपानीमा उल्लेख छ । 

सक्रिय राजनीतिमा आउँदा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्ने पनि जनाइएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम भएको उल्लेख गर्दै अपानीमा भनिएको छ,‘हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहाँले अत्यन्त गरिमामय ढंगले ती ओहदाहरूलाई उचित, न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ ।’

नेपालमा लैंगिक समानता र समावेशिताको ‘आइकन‘का रूपमा भण्डारी रहेको भन्दै एमालेले प्रशंसा गरेको छ । भण्डारीको सदस्यता नवीकरणको प्रक्रिया नमिलेकाले सदर नहुने पनि अपानीमा उल्लेख छ । भनिएको छ, उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन, विधानको धारा ८ अनुसार हुन्छ ।’

विधान महाधिवशेनमा को–को प्रतिनिधि हुन्छन् ? 
पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू पार्टीको विधान महाधिवेशनका प्रतिनिधि हुने वैधानिक व्यवस्था रहेको अपानीमार्फत जानकारी गराइएको छ । अपानी अनुसार १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी र निकायमा मनोनीत भएकाहरू आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था छ । 

‘१०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू जो विधान अधिवेशनका स्वतः प्रतिनिधि हुनेछन्, तिनीहरूमध्ये यस अवधिमा दिवंगत भएका, कारबाहीमा परेका वा पार्टी परित्याग गरेकाहरूको नाम अभिलेखबाट हटाइने छ ।’ अपानीमा उल्लेख छ । केन्द्रीय सचिवालयले १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको सूची अद्यावधिक गर्ने प्रयोजनका लागि प्रदेशमा पठाएको पनि अपानीमा जनाइएको छ । उक्त सूचीमा सम्बन्धित प्रदेश र जिल्लाले हटाउनुपर्ने नाम रहेको भए सोको विवरण कैफियत खोलेर यही महिनाको मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउनु, निर्देशन गरिएको छ । 

जनसंगठन समन्वयको निर्देशिकामा संशोधन
जनसंगठन समन्वयको निर्देशिका संशाधन भएको अपानीमा उल्लेख गरिएको छ । जनसंगठन समन्वय संयन्त्र, संयन्त्रमात्र भएकाले संयोजकबाहेक अन्य पदहरू सिर्जना नगर्ने व्यवस्था गरिएको छ ।
तर, संयोजकले आवश्यकताका आधारमा कुनै सदस्यलाई सचिवका रूपमा काम गर्ने गरी जिम्मेवारी तोक्न भने सक्ने छ । जनसंगठनहरूको केन्द्रीय कमिटीको अधिकतम् संख्या क्रमशः १५१ र ९९ मा सीमित गरिएको छ । ।

जनसंगठनको हालको अधिकतम् १७ पदाधिकारीको संख्या घटाई ९ मा सीमित गर्ने निर्णय पनि अपानीमा उल्लेख छ । जसमा अध्यक्ष र महासचिवका अतिरिक्त महिला उपाध्यक्षसहित २, उपमहासचिव १ र सचिवमा संगठन, प्रचार तथा प्रकाशन, विदेश र कोषको जिम्मेवारी तोकेर ४ मा सीमित गरिएको छ । केन्द्रमा सचिवालय र केन्द्रीय कमिटीको बीचमा अन्य कुनै तह राखिने छैन । निर्देशिकामा संशोधन गरिएपछि पार्टीसम्बद्ध १६ वटा जनसंगठनका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।

अनेरास्ववियुलाई विद्यार्थी समुदायमा केन्द्रित गर्ने गरी ३२ वर्षे उमेरहदको व्यवस्था लागू गरिएको पनि अपानीमा छ । पार्टीसम्बद्ध जनसंगठनका माध्यमबाट ‘मिसन ८४’ को सफलताका लागि जनआधार विस्तारमा महत्वपूर्ण सफलता प्राप्त हुने विश्वास गरिएको अपानीमा गरिएको छ ।

सरकारको एक वर्षे कार्यकालको समीक्षा 
अध्यक्षको नेतृत्वमा संयुक्त सरकार गठन भएको एक वर्षको समीक्षा पनि अपानीमा गरिएको छ । सरकारले यस अवधिमा सुशासन र सेवा प्रवाहमा सुधार गर्ने गरी कानुनी र संरचनागत सुधारका क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी अपानी छ । शासकीय सुधारको कामलाई तीव्रता दिने गरी प्रधानमन्त्रीको अध्यक्षतामा सुशासन आयोग गठन भई काम सुरु भएको अपानीमा उल्लेख छ । संकटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन महत्वपूर्ण पहलहरू भएका पनि एमालेले जनाएको छ । एकवर्षको अवधिमा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार देखिएका दाबी गरे । 

अपानीमा भनिएका छ, ‘गत वर्षको तुलनामा राजस्वमा उल्लेख्य वृद्धि भएको छ । व्यापार–व्यवसायमा अनुकूल अवस्था सिर्जना भएको छ । गत वर्षको तुलनामा निर्यात व्यापार ८१ प्रतिशतले वृद्धि भएको छ । सोधनान्तर स्थिति उल्लेख्य बचतमा छ ।’ एक वर्षमा झन्डै ४ खर्बले जीडीपीमा वृद्धि भएको अपानीमा उल्लेख छ । विदेशी मुद्राको सञ्चिति १४ महिनाको खर्च धान्ने अवस्थामा अपानीमा भनिएको छ । 

सरकारबाट हटेसँगै अवरुद्ध बन्न पुगेका विकास निर्माणका कामले गति लिन थालेका पनि आपनी दाबी गरिएको छ । अपानीमा भनिएको छ,‘जनतामा बढ्दै गएको निराशा क्रमशः चिरिँदै गएको छ । सरकारको योजनाबद्ध पहलका कारणले निजी क्षेत्र आशावादी बन्न पुगेको छ । पार्टीको नेतृत्वको सरकारबाट उपलब्धिहरूलाई आमजनताका बीचमा स्थापित गरिनुपर्दछ ।

पार्टी र नेतृत्व प्रति सुनियोजित हमला 
पछिल्लो समयमो पार्टी र नेतृत्वका विरुद्धमा सुनियोजित रूपमा हमला भइरहेको एमालेले बताएको छ । उसले यो बुझेर प्रतिवाद गर्न पनि निर्देशन दिएको छ । ‘यस्तो किन भइरहेको छ ? भन्ने कुरा पार्टी पंक्तिले बुझ्नुपर्दछ र त्यसको सशक्त प्रतिवाद गर्नुपर्दछ ।’

चार प्रकारका शक्ति एमालेविरुद्ध कुप्रचारमा 
यतिबेला एमालेविरुद्धमा चार प्रकारका शक्तिहरू केन्द्रित भएर कुप्रचारमा लागेको उसको आरोप छ । उनीहरू गोयवल्स शैलीमा आमसञ्चारमाध्यम र सामाजिक सञ्जाललाई एमालेविरुद्ध दुरुपयोग गरिरहेको अपानीमा उल्लेख छ । 

पहिलो : एमालेविरुद्ध कुप्रचार गर्ने पहिलो शक्ति देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउने शक्ति रहेको अपानीमा उल्लेख छ ।

दोस्रो : नेपालमा राजसंस्था पुनर्स्थापनाको सपना देखेका प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरू ।

तेस्रो, नेकपा (एमाले नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति बनेको र हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको ‘म्याजिक नम्बर’ औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विछिप्त छन् ।  
चौथो, नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका शक्तिहरू । उनीहरू लोकप्रियतावाद र अराजकतावादको सहारा लिएर अघि बढ्न खोजिरहेका छन् । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.