दीपेन्द्र सिंह ऐरी अलराउन्डर वरीयतामा फेरि उक्लिए दोस्रो स्थानमा

दीपेन्द्र सिंह ऐरी अलराउन्डर वरीयतामा फेरि उक्लिए दोस्रो स्थानमा
सुन्नुहोस्

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सि ल(आइसीसी)ले बुधबार सार्वजनिक गरेको वरीयतामा दोस्रो स्थानमा रहेका वेष्ट इन्डिजका रोस्टन चेजको वरीयता सात स्थान तल झरेपछि तेस्रो स्थानमा रहेका दीपेन्द्र एक स्थान माथि उक्लिएका हुन्। 

टी-२० अन्तर्राष्ट्रियको अलराउन्डतर्फ भारतका हार्दिक पाण्ड्या शीर्ष स्थानमा छन्। तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन्। चौथो स्थानमा इंग्ल्यान्डका लियान लिभिङस्टोन र पाँचौं स्थानमा वेष्ट इन्डिजका रोमारियो सेपहर्ड रहेका छन्। 

अलराउन्डरतर्फ ३३औं स्थानमा रहेका कुशल भुर्तेलको भने एक स्थान वरीयता खस्किँदै ३४औं स्थानमा झरेका छन्। नेपालका अर्का अलराउन्डर गुल्सन झाले १ स्थान सुधार गर्दै ५८औं स्थानमा उक्लिएका छन्। नेपालका कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ६८औं स्थानमा र अर्का अलराउन्डर कुशल मल्ल ६९औं स्थानमा यथावत रहेका छन्। करण केसी २ स्थान तल झर्दै ६७औं स्थानमा आएका छन्। 

टिमको हिसाबमा भने नेपाल टी-२० अन्तर्राष्ट्रियको वरीयतामा १८औं स्थानमा यथावत छ।
 
अन्तर्राष्ट्रिय टी-२० तर्फ ब्याटिङमा दीपेन्द्रको वरियता २ स्थान खस्किएको छ। उनी ६१औं स्थानबाट ६३औं स्थानमा झरेका छन्। त्यस्तै कप्तान रोहित पौडेल २ स्थान झर्दै ६७ औं स्थानमा छन्। नेपालका ओपनर ब्याटर आसिफ शेख २ स्थान सुधार गर्दै ७९औं स्थानमा उक्लिएका छन्। अर्का ओपनर कुशल भुर्तेलले १ स्थान सुधार गर्दै ८५औं स्थानमा छन्। 

टी-२० अन्तर्राष्ट्रिय बलिङतर्फ नेपालका बायाँ हाते स्पिनर ललित राजवंशीले २ स्थान सुधार गरेका छन्। उनी ५६औं स्थानमा छन्। अर्का स्पिनर सन्दीप लामीछानेको भने १ स्थान वरीयता खस्किएको छ। उनी ७६औं स्थानमा छन्। दीपेन्द्र बलिङतर्फ भने ५ स्थान तल झर्दै ८२औं स्थानमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.