शिशुको ज्यान बचाउने अनमी जानकीलाई स्वास्थ्यमन्त्रीले स्याबासी दिँदै भने- तपाईँजस्तो स्वास्थ्यकर्मी यो देशलाई आवश्यक छ

शिशुको ज्यान बचाउने अनमी जानकीलाई स्वास्थ्यमन्त्रीले स्याबासी दिँदै भने- तपाईँजस्तो स्वास्थ्यकर्मी यो देशलाई आवश्यक छ

बैतडी : बुधबार अपरान्ह ५ बजेतिर सिगास गाउँपालिका-४ को आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा व्यस्त रहेकी अनमी जानकी पुजाराको मोबाइलको घन्टी बज्यो। अनमी पुजाराले 'हेलो' भन्नेवित्तिकै उताबाट आवाज आयो, 'नमस्ते जानकीजी, म स्वास्थ्य मन्त्री प्रदीप पौडेल।'

मन्त्रीले नै फोन गरेपछि जानकी छक्क परिन्। के भन्ने, कसो भन्ने उनले चालै पाइनन्। उनले मन्त्री पौडेललाई 'नमस्ते' भनिन्। कौतहुलता नमेटिँदै स्वास्थ्य मन्त्री पौडेलले उनको कामको प्रशंसा गरे। 'बच्चाको ज्यान बचाएर तपाईंले उदाहरणी काम गर्नुभएको छ। यो देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ,' मन्त्री पौडेलले भने। मन्त्रीकाे प्रशंसापछि पुजारा निकै खुसी भइन्। उनले मन्त्री पौडेललाई हृदयदेखि धन्यवाद दिन भ्याइन्। 'धेरै धेरै धन्यवाद सर। तपाईंले फोन गर्नुभयो। मेरो लागि यही नै खुसीको कुरा हो,' जवाफमा पुजाराले भनिन्। 

शिशुलाई लगातार ६ घन्टा मुखबाट अक्सिजन दिएर मृत्युको मुखबाट बचाएकी पुजाराको यतिबेला चर्चा छ। अन्नपूर्णपोष्टले मंगलबार 'अनमीले ६ घण्टा कृत्रिम श्वास दिएर बचाइन् शिशुको ज्यान' शीर्षक समाचार प्रकाशित गरेपछि उनको चर्चा चुलिएको थियो। 

गत बिहीबार ६ घण्टा मुखबाटै अक्सिजन दिएर अनमी पुजाराले शिशुको ज्यान बचाउन सफल भएकी थिइन्। बिहीबार राति २० वर्षीया महिलाले शिशुलाई जन्म दिएकी थिइन्। शिशुको श्वास निकै सुस्त चल्न थालेपछि स्थलमार्ग र हवाइमार्गबाट समेत उद्धारको अवस्था नभएको अवस्थामा अनमी पुजाराले शिशुलाई मुखबाटै श्वास दिएर ज्यान जोगाएकी हुन्।

अनमी पुजाराको काम देखेर सरकारले पनि 'नोटिस'मा राखेको थियो। यस्ता स्वास्थ्यकर्मीलाई फोन गरेरै प्रोत्साहन गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ।

'मन्त्रीज्यूले तपाईँको काम निकै प्रशंसनीय छ। स्याबासी दिन चाहन्छु भन्नुभयो,' पुजाराले अन्नपूर्णसँग भनिन्, 'तपाई जस्तो कर्मचारी यो देशलाई आवश्यक छ, भन्नुभयो। म निकै खुसी छु।'

मन्त्रीबाटै प्रशंसा पाएपछि आफ्नो कामप्रति थप जिम्मेवारी बोध भएको अनमी पुजाराले बताइन्। 'आफ्नो कामप्रति अडिग छु। सबैले कामप्रतिको जिम्मेवारी बहन गर्नुपर्छ। त्यस्तो गरेपछि सफलता पनि पाइने रहेछ। कामप्रतिको अस्तित्व पनि हुने रहेछ,' उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.