अमरसिंह थापा स्मृति दिवसमा सिरानचोक गाउँपालिकामा सार्वजनिक बिदा
गोरखा : अमरसिंह थापाको जन्मस्थल सिरानचोक गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले २०९ औँ अमरसिंह स्मृति दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको हो।
सिरानचोक गाउँपालिका–६ गाँखुमा वि.सं. १८०८ मा जन्मेका थापाले नेपाल एकीकरण अभियानमा अहम् भूमिका निर्वाह गरेर अमर बनेका गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए। उनको जन्मस्थलमा गाउँपालिकाले अमरसिंह स्मृति पार्क निर्माण गरेको छ।
दिवसका अवसरमा पार्कमा विभिन्न कार्यक्रम गरी स्मृती दिवस मनाइने गुरुङले बताए।
प्रतिक्रिया दिनुहोस !