स्वास्थ्य र खेल पर्यटनका लागि दौड

स्वास्थ्य र खेल पर्यटनका लागि दौड
सुन्नुहोस्

नुवाकोट : खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित शनिबार नुवाकोटको विदुरमा सामूहिक दौड सम्पन्न भएको छ। ‘दौडिन्छ नुवाकोट, स्वास्थ्यका लागि दौड’ भन्ने नारासहित पहिलो पटक आयोजना गरिएको यस दौडमा सयौँ व्यक्तिको सहभागिता रहेको थियो।

कीर्तिमानी धावक वैकुण्ठ मानन्धरसहित नुवाकोटवासीहरू उक्त दौडमा सहभागी भएका थिए। विदुर नगरपालिका–१ स्थित त्रिशूली साँघु बजारबाट सुरु भएको दौड ऐतिहासिक बाटो हुँदै विदुर–४ बट्टारको पुरानो बजारमा समाप्त भएको थियो। कुल चार किलोमिटरको यो दौडमा जनप्रतिनिधि, खेलाडी, शिक्षक, विद्यार्थी र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

उक्त दौड १५ मिनेटमा पुरा गर्दै त्रिशूली बजारमा मनिष श्रेष्ठ विजयी बनेका थिए। उनले नगद पुरस्कार प्राप्त गरेका छन्। उनलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं. २ का अध्यक्ष दीपक कायस्थ तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

नुवाकोट एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन गरिएको दौडमा झन्डै २०० जनाले सहभागिता जनाएका थिए। स्वस्थ जीवनशैली र खेल पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले ठूलो योगदान दिने नगरप्रमुख राजन श्रेष्ठले बताए। 

कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले खेलकुद मानव जीवनका लागि स्वास्थ्यवर्द्धक व्यायाम भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.