बैतडीमा करेन्ट लागेर बालकको मृत्यु
बैतडी : बैतडीमा करेन्ट लागेर बालकको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका-३ गिरीबगरका १३ वर्षीय किरण कोलीको मृत्यु भएको हो।
शनिबार दिउँसो २ बजेतिर स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्ने क्रममा बिजुलीको पोलमा छोइन गइ करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
करेन्ट लागेका गम्भीर घाइते भएका कोलीलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए।
मृतक कोलीको शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरी निरीक्षक पाण्डेयले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !