लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
सुन्नुहोस्

सप्तरी : सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुईजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका- १ बरही बिरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय छन् ।

आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको एसपी गौतमकुमार केसीले बताए । आरोपीहरू भाग्न खोजेपछि हवाई फायर गरी नियन्त्रणमा लिएको उनको भनाइ छ। उनीहरूको साथबाट करिब १ सय ग्राम खैरो हेरोइन बरामद भएको छ ।

ब्युरोबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उक्त स्थानमा अहिले सुरक्षाकर्मी परिचालन गरेर अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.