तीर्थयात्री बोकेको गाडी हलेसीमा दुर्घटना : १ जनाको मृत्यु, १६ घाइते

तीर्थयात्री बोकेको गाडी हलेसीमा दुर्घटना : १ जनाको मृत्यु, १६ घाइते
सुन्नुहोस्

विराटनगर : प्रशिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।  

चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयराम घाटनजिक दुर्घटनामा परेको श्रेष्ठले बताए । उनका अनुसार हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रारम्भिक जानकारी छ ।

उनका अनुसार दुर्घटनामा परेर १७ जना घाइते भएका थिए । घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किँदै गरेको गाडी दुघटनामा परेको हो ।

स्थानीयको सहयोगमा उद्धार गरेर प्रहरीले घाइतेहरूलाई उपचारका लागि घुर्मी सामुदायिक अस्पताल लगेको छ । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनालगत्तै चालक फरार भएका छन् । 

फरार रहेका चालकको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.