इङ्ल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै भारतले गर्‍यो शृंखला बराबरी

इङ्ल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै भारतले गर्‍यो शृंखला बराबरी
सुन्नुहोस्

काठमाडौं : इङ्ल्यान्डमाथि ६ रनको रोमाञ्चक जित निकाल्दै भारतले शृंखलाको हारबाट जोगिएको छ। चौथो दिन इङ्ल्यान्डलाई जितका लागि ३५ रन चाहिँदा भारतका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे।
 
भारतले दिएको ३७४ को लक्ष्य पछ्याएको इङ्ल्यान्डले राम्रो सँग इनिङ सम्हाल्न नसक्दा हार व्यहोरेको हो। अन्तिम दिन ४ विकेट बाँकी रहँदा ३५ रन सकेत बनाउन नसक्दा इङ्ल्यान्डले बराबरीमा चित्त बुझाउन परेको हो। एन्डरसन तेन्दुलकर ट्रफीमा भारतले बराबरी बनाएको हो। 

चौथो दिन भारतका लागि प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले उत्कृष्ट बलिङ गरे। मोहम्मद सिराजले ५ विकेट लिँदा प्रसिद्ध कृष्णले ३ विकेट लिए। 
अन्तिम विकेटका लागि गस एटिङ्सनलाई १७ रनमा बोल्ड गर्दै सिराजले सिरिज बराबरीको अवस्थामा ल्याए। 

इङ्ल्यान्डले यसअघि भारतले दिएको ३७१ को लक्ष्य पछ्याएको इङ्ल्यान्डले जित निकालेको थियो।

पहिलो इनिङमा भारतका लागि करुण नयरले सर्वाधिक ५७ रन बनाएका थिए । इङ्ल्यान्डका गस एटिङसनले ५ तथा जोश टङले ३ विकेट लिएका थिए भने क्रिस वोक्सले १ विकेट हात पारेका थिए।

जवाफमा ब्याटिङ गरेको इङ्यान्डका लागि ज्याक क्रलीले ६४ तथा ब्रुकले ५३ रनको पारी खेलेका थिए। भारतका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले ४-४ र आकाश दीपले १ विकेट लिए।

२३ रनले पछाडि परेको भारत दोस्रो इनिङमा ३९६ रनमा अलआउट हुँदै ३७३ रनको अग्रतासहित इङल्यान्डलाई ३७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

दोस्रो इनिङमा भारतका लागि यशश्वी जैसवालले ११८, आकाश दिपले ६६ तथा रविन्द्र जडेजा र वासिङटन सुन्दरले समान ५३ रन बनाए। इङल्यान्डका जोश टङले ५ तथा गस एटिकसनले ३ र जेमी ओभरटनले २ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.