कक्षा १२ को पनि सुध्रियो नतिजा

नियमिततर्फ ६१.१७ प्रतिशत, आंशिकतर्फ ३६.४९ प्रतिशत उत्तीर्ण

कक्षा १२ को पनि सुध्रियो नतिजा
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल ५ लाख १० हजार ९ सय ८७ विद्यार्थीमध्ये २ लाख ८४ हजार ३ सय ५ विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् ।

ग्रेडेडमध्ये पनि नियमिततर्फ ३ लाख ९६ हजार ३ सय ४७ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा २ लाख ४२ हजार ४ सय ६५ ग्रेडेड हुन सफल भएका छन् । नियमिततर्फको ग्रेडेड कुल संख्याको ६१.१७ प्रतिशत हो । नियमिततर्फ सहभागीमध्ये ११ जनाको परीक्षा रद्द भएको थियो । 

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० ले परीक्षा दिएको जनाए । यसरी परीक्षा दिएका आंशकितर्फ ४१ हजार ८ सय ४० जना विद्यार्थी सबै विषयमा ग्रेडेड भएको उनले बताए । आंशिकमा सहभागीमध्ये ३६.४९ प्रतिशत उत्तीर्ण भएका छन् ।

आंशिकतर्फ ६ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । दुवै गरेर १७ जना विद्यार्थीको परीक्षा रद्द भयो । यसअनुरूप नियमित र आंशिकमा २ लाख २६ हजार ६६५ विद्यार्थी नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएको उनले जनाए । उक्त ननग्रेडेड विद्यार्थीका लागि आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने भएको छ । 

गत शैक्षिक वर्ष २०८१ मा सोही तहमा नियमिततर्फ कुल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीले परीक्षा दिएका थिए । कुल विद्यार्थीमध्ये ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए । अघिल्लो वर्ष (२०८०)मा कुल विद्यार्थीको करिब ५१ प्रतिशत हाराहारीमा उत्तीर्ण भएका थिए । ‘राज्यले समग्र शिक्षामा ध्यान दिनुपर्छ ।’ 

राष्ट्रिय परीक्षा बोर्डले गत ११ वैशाखका लागि परीक्षाको मिति तोके पनि शिक्षकहरूको अनिश्चितकालीन आन्दोलनले प्रभावित भएपछि वैशाख २१ देखि जे भएको थियो । पूर्वघोषित समयभन्दा १० दिनपछि भएको परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । यद्यपि यो नतिजा गत वर्षको नतिजाभन्दा ८.२६ प्रतिशतले बढी हो ।

यो सुधारलाई सकारात्मक लिनुपर्ने बताउँछन्, शिक्षाविद् डा.विष्णु कार्की । शिक्षक, अभिभावक र परीक्षा नियन्त्रण कार्यालय सबैले गरेको प्रयासका लागि प्रशंसा गर्नुपर्छ । उनका अनुसार विगतमा ३०–४० प्रतिशत मात्र विद्यार्थी पास हुने अवस्थाबाट ६० प्रतिशत नाघ्नु राम्रो प्रगति हो । 

‘यसलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, अबको योजना के हो भन्ने प्रश्न उठ्छ । नेपाली र सामाजिक जस्ता विषयमा ‘नन–ग्रेड’ हुने विद्यार्थीको संख्या अझै बढी छ । तराईका जिल्लाहरूमा विद्यार्थी उत्तीर्ण हुने दर कम देखियो । ‘राज्यले पास प्रतिशत बढाउने मात्र नभई, समग्र शिक्षामा ध्यान दिनुपर्छ,’ उनले सुझाव दिए । यसैबीच अहिले राम्रो नतिजा आयो भन्दैमा शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालय चुप लागेर बस्न नहुनेतर्फ उनले ध्यानाकर्षण गरे । 

‘धेरै विद्यार्थी विदेश जान हतार गरिरहेका छन्, यस विषयमा राज्यको कुनै योजना देखिँदैन । राज्यले विद्यार्थी पास हुने कुराको ग्यारेन्टी गर्नुपर्छ । हाल करिब ५ लाख विद्यार्थीले कक्षा १२ को जाँच दिए, जसमध्ये लगभग ३ लाख पास भए । करिब २ लाख विद्यार्थी कहाँ हराए, उनीहरूको भविष्य के हुन्छ भन्ने प्रश्न महत्वपूर्ण छ’, उनले अन्नपूर्णसँग भने ।

 
 



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.