लामखुट्टे धपाउन बालेको धूपले आगलागी : आगो निभाउन गएका युवक घाइते, गाई मर्‍यो

लामखुट्टे धपाउन बालेको धूपले आगलागी : आगो निभाउन गएका युवक घाइते, गाई मर्‍यो
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरेमा बुधबार राति आगलागी हुँदा जलेर एकजना युवक घाइते भएका छन्। प्रहरीका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ गुराँस टोलका सुरेन्द्र साहको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट राति १०:३० बजेतिर आगो सल्किएको थियो । 

गोठमा सल्किएको आगोले विद्युत लाइन पनि सर्ट भएको थियो । स्थानीयको सहयोगमा करिब १ घण्टाभित्रमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  आगो निभाउने क्रममा सुरेन्द्रका छोरा १९ वर्षीय अभिनाश साह घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 

घाइते अभिनाशको रंगेली अस्पतालमा उपचार भइरहेको छ । शरीरका विभिन्न भाग जलेका उनको अवस्था मध्यम रहेको प्रहरीले उल्लेख गरेको छ । आगोले जलेर सुरेन्द्रको एउटा गाई मरेको छ । एउटा गाई र बाच्छी घाइते भएका छन् । 

आगोले गोठमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा करिब ६० हजार मूल्य बराबरको क्षति भएको अनुमान छ । घटनाको थप अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.