गालवान झडपपछि पहिलोपटक चीन भ्रमणमा जाँदै प्रधानमन्त्री मोदी

गालवान झडपपछि पहिलोपटक चीन भ्रमणमा जाँदै प्रधानमन्त्री मोदी
सुन्नुहोस्

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२० को गालवान झडपपछि पहिलोपटक चीन भ्रमणमा जान लागेका छन्। 

तिआन्जिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन मोदी चीनको भ्रमणमा जान लागेका हुन्।

यो भ्रमण भारत–चीन सम्बन्ध सामान्य बनाउन र क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण मानिएको छ। मोदीको चीन भ्रमण सन् २०१९ पछि पहिलो हो। यद्यपि उनले सन् २०२४ को अक्टोबरमा रूसमा राष्ट्रपति सी चिनफिङसँग ब्रिक्स सम्मेलनको क्रममा भेट गरेका थिए।

भ्रमणको पृष्ठभूमिमा अमेरिकी दबाब, रुससँगको तेल कारोबार र पाकिस्तानप्रति चीनको समर्थन रहेको छ। यसैबीच भारतको पहलगाममा भएको आतङ्कवादी हमलाबारे एससीआ चुप लागेपछि भारतले आपत्ति जनाएको थियो। तर पछि चीनले उक्त आक्रमणको निन्दा गर्दै आतंकवादविरुद्ध कडा बयान दिएको थियो।

सम्मेलनमा आतंकवाद, व्यापार र सुरक्षा लगायतका विषयमा छलफल हुनेछ। यस्तै मोदीले राष्ट्रपति रुसी पुटिन र राष्ट्रपति सी चिनफिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने सम्भावना छ।

भारत, चीन, रूस, पाकिस्तान, इरान, बेलारुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान गरी एससीओमा हाल १० सदस्य राष्ट्र छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.