फिफा वरीयतामा नेपालको छलाङ

फिफा वरीयतामा नेपालको छलाङ
सुन्नुहोस्

काठमाडौं : नेपाल महिला फुटबल टिमको फिफा वरीयता सुधार भएको छ। नेपाली महिला टिमले १००औं स्थानबाट ८७औं स्थानमा उक्लिएको छ। 

बिहीबार अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले सर्वाजनिक गरेको वरीयतामा नेपालले १३ स्थान सुधार गरेको हो। यो नेपालले हालसम्म फिफा वरीयतामा प्राप्त गरेको सबैभन्दा राम्रो स्थान हो। यसअघि नेपाल ९९औं स्थानसम्म पुगेको थियो। 

गत महिना भएको एएफसी एसियन कप छनोटमा नेपालले गरेको प्रदर्शन पश्चात् नेपालको वरीयता माथि उक्लिएको हो। नेपालले उज्वेकिस्तानसँग ३-३ को बराबरीसहित पेनाल्टी सुटआउटमा पराजित भएको थियो। 

नेपालसँगै दक्षिण एसियाका ५ वटा राष्ट्रका महिला फुटबल टिमले वरीयतामा सुधार गरेका छन्। माल्दिभ्स र श्रीलंका भने २ स्थान तल झरेको छ।
हालः फिफा वरीयतामा सर्वाधिक छलाङ बंगलादेश महिला फुटबल टिमले मारेको छ। बंगलादेशले २४ स्थान सुधार गर्दै १०४औं स्थानमा उक्लिएको छ। 

भारतले ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ। पाकिस्तानले ३ स्थान सुधार गर्दै १५४औं स्थानमा, श्रीलंका महिला फुटबल टिम २ स्थान तल १६१औं स्थानमा झरेको छ। भुटान ८ स्थान सुधार गर्दै १६३औं स्थानमा छ। माल्दिभ्स २ स्थान तल झर्दै १६५औं स्थानमा रहेको छ। फिफा वरीयतामा स्पेन महिला फुटबल टिम शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका दोस्रो स्थानमा झरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.