अन्तिम मिनेटमा सुक्रियाको गोलसँगै नेपालको एसिया कप सम्भावना जीवितै

अन्तिम मिनेटमा सुक्रियाको गोलसँगै नेपालको एसिया कप सम्भावना जीवितै
सुन्नुहोस्

काठमाडौं : एएफसी यु-२० महिला एसियन कपको दोस्रो खेलमा साउदी अरेबीयालाई अन्तिम मिनेटको गोलसँगै नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै राखेको छ। 

भुटानको थिम्पुस्थित चाङ्लिमिथान रंगशालामा भएको खेलको निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाँको गोलसँगै नेपालले एसिया कप खेल्ने सम्भावना जीवित राखेको हो।
 

निर्धारित ९० मिनेटको अन्तिम केही सेकेन्ड बाँकी हुँदा मिना देउवाले दायाँतर्फबाट दिएको क्रसलाई पूर्णिमा राईले छोडिदिँदा सुक्रियाले बाँया तर्फबाट गोल गर्दै नेपालको लागि निर्णायक र निकै महत्वपूर्ण गोल गरेकी हुन्। अनमार्क रहेकी सुक्रियाले गोल गर्दै नेपालको एसिया कपको यात्रा जारी राखेकी हुन्।

खेलको छैटौं मिनेटमा नेपालकी डिफेन्डर सरिता नाथले हानेको फ्री किक सिधा किपरको हातमा गयो। खेलको ३६औं मिनेटमा नेपालकी मनिषा सेनलाई बल अगाडि बढाउँदै गर्दा साउदीका खेलाडीले पेनाल्टी बक्सभित्र लडाउँदा नेपालले पेनाल्टी पाएको थियो। 

खेलको ३८औं मिनेटमा नेपालकी फर्वाड मिना देउवाले प्रहार गरेको पेनाल्टी दोस्रो बारमा लाग्दै रिबाउन्ड भयो। यहाँ नेपालले अग्रता बनाउने राम्रो अवसर खेर फाल्यो। पहिलो हाफ शून्य बराबरीमा सकिएको थियो। 

दोस्रो हाफमा नेपालले निकै आक्रमक फुटबल खेल्यो। जसको फलस्वरुप दोस्रो हाफको अन्तिम सेकेन्डमा नेपालले विजयी गोल गरेको हो।
 
यसअघि नेपालले पहिलो खेल आयोजक टिम भुटानसँग १-१ बराबरी खेलेको थियो। नेपालले छनोट चरणको अन्तिम खेल १० अगष्टमा बलियो उत्तर कोरियासँग खेल्नेछ। साउदी अरेबीयाले पहिलो खेलमा उत्तर कोरियासँग १५-० को हार व्यहोरेको थियो। उत्तर कोरियाले आजको दोस्रो खेल घरेलु टिम भुटानसँग खेल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.