भारतको बिनु नदीको बाढीमा लुम्बिनीका चार नागरिक बेपत्ता, खोजीका लागि मुख्यमन्त्रीको पहल

भारतको बिनु नदीको बाढीमा लुम्बिनीका चार नागरिक बेपत्ता, खोजीका लागि मुख्यमन्त्रीको पहल
सुन्नुहोस्

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकार समक्ष  पहल गरेका छन्।  

घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कूटनीतिक माध्यममार्फत खोज तथा उद्धार कार्यमा थप गति ल्याउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गर्न आग्रह गरेका हुन्।  बुधबार बिहान उत्तराखण्ड राज्यको पौडी जिल्लाको वाकुडा क्षेत्रमा पर्ने बिनु नदीमा आएको बाढी र पहिरोका कारण बर्दिया जिल्लाका चार नेपाली नागरिक बेपत्ता भएका छन्।  

बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ निवासी करिब ४० वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का तथा मधुवन नगरपालिका–५ की अमृता परियार रहेका छन्।  उनीहरू रोजगारीको सिलसिलामा उत्तराखण्ड पुगेका थिए। मुख्यमन्त्री आचार्यले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताहरूको सकुशल उद्धारको समेत कामना गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.