अर्घाखाँचीका ग्रामीण सडक स्तरोन्नति

अर्घाखाँचीका ग्रामीण सडक स्तरोन्नति
सुन्नुहोस्

अर्घाखाँची : लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा ग्रामीण सडकहरू कालोपत्रे तथा स्तरोन्नतिको कार्यले गति लिन थालेको छ । गाउँगाउँका सडकहरू कालोपत्रे, ग्राभेल तथा स्तरोन्नति भएपछि स्थानी खुसी भएका छन् । 

जिल्लाका टोलटोलमा सडक विस्तार भएको अर्घाखाँचीमा पछिल्लो समय गाउँबस्तीमा समेत कालोपत्रेले तीव्रता पाएको छ । कालोपत्रे भएपछि बर्खामा समेत यातायात सहज भएको छ । वर्षामा हिलाम्मे र हिउँदा धुलाम्मे हुने सडकहरूमा अहिले १२ महिना नै सरर सवारीसाधनहरू चल्ने गरी सडक पूर्वाधार विकास कार्यालय, खानेपानी तथा सहरी विकास कार्यालय र स्थानीय सरकारहरू पनि सडक कालोपत्रे, ग्राभेल तथा स्तरोन्नतिमा काम गरिरहेका छन् । 

सडक गत आर्थिक वर्ष २०८१/८२ मा निर्माणको काम अगाडि बढेका हुन् । सडक पूर्वाधार विकास कार्यालय, अर्घाखाँचीले १ सय ८७ आयोजनामध्ये १ सय ४५ वटा सडक आयोजनाको निर्माण कार्य सम्पन्न गरेको छ ।

कार्यालय प्रमुख इन्जिनियर गोपीराज पुनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न स्थानमा २७.६३ किलोमिटर सडक कालोपत्रे, ५.३७ किलोमिटर सडक ढलान, २७.६७ किलोमिटर सडक ग्राभेल र ३.२ किलोमिटर नयाँ सडक खन्ने कार्य पूरा भएको छ । २ वटा झोलुंगेपुलको बृहत् मर्मत र एउटा स्ल्याब कल्भर्ट निर्माण कार्य पनि सकिएको छ ।

प्राविधिक जनशक्तिको अभाव र विभिन्न चुनौतीका बाबजुद कुल १४ दरबन्दीमध्ये ११ जना मात्र कार्यरत रहेको र प्राविधिक जनशक्ति केबल ६ जना हुँदा पनि कार्यालयले जिल्लाको विकास निर्माणमा प्रशंसनीय काम गरेको हो । आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले यस अवधिमा कार्यालयले पुँजीगत बजेटमा ७५.७५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । १ अर्ब २ करोड ३६ लाख रुपैयाँ योजना सम्पन्न गर्न रकम खर्च भएको मगरको भनाइ रहेको छ । बहुवर्षीय जिल्लाका गौरवमा ११ योजना निर्माणधीन अवस्थामा रहेका छन् । स्रोत प्राप्त भएका ९ वटा बहुवर्षीय सडक, पुलहरूको बोलपत्र आह्वान गरिएको कार्यालयले जानाकारी दिएको छ ।

जिल्लामा प्रदेश गौरवको आयोजनाका रूपमा रहेको ‘रामपुर–कपुरकोट सडक’ (जीवराज आश्रित–कृष्णसेन इच्छुक मार्ग)लगायत ११ वटा सडक तथा पुल आयोजनाहरू हाल निर्माणाधीन अवस्थामा रहेको कार्यालयका इन्जिनियर टोपबहादुर दर्लामीले बताएका छन् । यीमध्ये ९ वटा बहुवर्षीय आयोजनाहरू छन्, जसमा विभिन्न गाउँपालिका पहुँच मार्ग, सडक पुल र बक्स कल्भर्ट समावेश रहेको कार्यालय प्रमुख इन्जिनियर पुन मगरको भनाइ छ । 

कार्यालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा निर्माणाधीन ९ मध्ये ८ वटा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस वर्ष १४५ सडक योजना निर्माण सम्पन्न भएका छन् । अर्घाखाँचीमा ६ स्थानीय तह रहेकोमा सबैले सडकलाई प्राथमितामा राखेका छन् । सन्धिखर्क नगरपालिकाले अहिलेसम्म २३ किलोमिटर सडक कालोपत्रे गरेको छ । गत वर्ष मात्रै ४.८ किलोमिटर कालोपत्र गरेको प्रावधिक प्रमुख प्रमोद केसीले जानकारी दिए ।

जिल्लाको पाणिनी गाउँपालिकाले गाउँपालिका र संघ सरकारको समपुरक योजनाअन्तर्गत पाणिनी गाउँपालिकाले भञ्ज्याङ–धातिवाङ–डाडाँकटेरी सडकअन्तर्गत झन्द्रेक र धातिवाङको फेदीखोलामाथि पक्की ढलान ३ सय ५० मिटर गरेको पाणिनी ६ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । शीतगंगा नगरपालिकाले झोलुंगेपुल सुवर्णखाल र ठाडा जुकेना गल्दा सडकलाई कालोपत्रे गरेको छ । छत्रदेव गाउँपालिकाले गत वर्ष ५ किलोमिटर सडक कालोपत्रे गरेको प्राविधिक प्रमुख साजन पाण्डेले बताए ।

भूमिकास्थान नगरपालिकामा हालसम्म ४२ किलोमिटर सडक कालोपत्रे गरेको छ । आव २०८१/८२ नगरपालिकाले ३ किलोमिटर सडक कालोपत्रे गरेको अधिकृत शेषकान्त घिमिरेले जानकारी दिएका छन् । मालारानी गाउँपालिकामा ०८१/८२ मा ३.५ किलोमिटर सडक कालोपत्रे भएको छ । अब ८ किलोमिटर सडक पिचका लागि स्ट्रकचर तयार भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.