च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी, सबै अस्पताल भर्ना

च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी, सबै अस्पताल भर्ना
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँगीमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।  प्रहरीका अनुसार लालबहादुर खड्काको परिवारका सदस्यहरू बिरामी परेका हुन् ।

बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुरसहित उनकी पत्नी ६८ वर्षीया पवित्रा खड्का, छोराहरू ४२ वर्षीय शेरबहादुर खड्का, ३८ वर्षीय जंगबहादुर खड्का र बुहारी २४ वर्षीया जानुका खड्का रहेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी बनाएर खाँदा आइतबार राति उनीहरू बिरामी परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिरामी परेका सबैजनाको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको र शेरबहादुर तथा जानुकाको अवस्था मध्यम रहेको छ । अरुको अवस्था सामान्य रहेको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.