श्रीमानको कुटपिटबाट घाइते भएकी सतारको मृत्यु

श्रीमानको कुटपिटबाट घाइते भएकी सतारको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको कानेपोखरीमा श्रीमानको कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–१ झरनाकुटुकी ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले बताए ।

उनका अनुसार घरायसी विवादका क्रममा पति ४५ वर्षीय बाबुधन सतारले पत्नी दुर्बीमाथि कुटपिट गरेका थिए । घटना आइतबार राति ८ बजेतिरको हो । 
कुटपिटबाट कानमा चोट लागेर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा अवस्था गम्भीर बन्दै गयो । तर, आफन्त र परिवारका सदस्यले आफूखुसी सोमबार घरतिर लिएर गएका थिए । घर लैजाँदै गर्दा बाटैमा साँझ दुर्बीको मृत्यु भएको डीएसपी सुनारले बताए ।

उनका अनुसार पति–पत्नीबीचको झगडा छुट्याउन गएका छिमेकी ५० वर्षीय छोटेलाल हस्दासमेत घटनामा परेर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको अवस्था सामान्य रहेको र कोशीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

श्रीमतीको हत्यामा संलग्न बाबुधनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.