बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन्। आज भएको प्रदेशसभा बैठकमा उनले दर्ता गराएको विश्वासको मतको पक्षमा ६३ मत परेको हो। प्रदेशसभामा कुल एकसय १० सदस्य रहेकोमा बहुमतको लागि ५६ मत आवश्यक पर्छ।
मुख्यमन्त्री बानियाँले दर्ता गरेको विश्वासको मतको विपक्षमा २२ मत र तटस्थ ७ मत परेको सभामुख भुवन कुमार पाठकले जानकारी दिए। प्रदेशसभामा सत्ता गठबन्धनमा रहेको नेकपा एमाले र नेपाली कांग्रेसले विश्वासको मत दिएको हो।
आफ्नो पक्षका तीन जना सांसदलाई मन्त्री बनाउनुपर्ने अडानमा रहेका निवर्तमान मुख्यमन्त्री बहादुरसिं लामा पक्षले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्।
१ सय १० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
प्रतिक्रिया दिनुहोस !