विराटनगरको बाल सुधार गृहमा झडप, एकजना प्रहरी घाइते
विराटनगर : विराटनगरस्थित बाल सुधार गृहमा झडप भएको छ । झडपमा परी प्रहरीका एकजना वरिष्ठ हवलदार घाइते भएको प्रहरीले जनाएको छ । सुधार गृहमा थप घटना हुन नदिनका लागि प्रहरी परिचालन गरिएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाका साथ मोरङका प्रमुख जिल्ला अधिकारीलगायत अन्य सुरक्षा निकायका प्रमुखहरू जाँदै गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !