स्याङ्जा प्रशासनमा बिहान ८ बजेदेखि सेवा सुरु
स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बिहान ८ बजेदेखि सेवा दिने भएको छ। राष्ट्रिय परिचयपत्र बनाउनका लागि प्रशासनले बिहान ८ बजेदेखि सेवा सुरु गरेको हो।
राष्ट्रिय परिचयपत्र बनाउनको संख्या बढेपछि बुधबारदेखि २ घण्टा समय बढाइएको प्रशासनले जनाएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने र अन्य कामका लागि राष्ट्रिय परिचयपत्र बनाउनेको संख्यामा वृद्धि भएपछि प्रशासनले सार्वजनिक बिदाका दिन बाहेक बिहान ८ बजेदेखि सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।
परिचयपत्र बनाउने काम दुई स्थानबाट हुँदै आएकोमा अर्को सातादेखि ३ स्थानबाट सेवा प्रवाह गरिने सहायक प्रजिअ दीपक पौडेलले जानकारी दिए।
सामाजिक सुरक्षा भत्ता, राहदानी, बैंक खाता सञ्चालन लगायतका सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि केही दिनदेखि स्याङ्जा प्रशासनमा भीड बढेको छ।
प्रतिक्रिया दिनुहोस !