बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
विराटनगर : कोशी लोकमार्गअन्तर्गत विराटनगरमा बुधबार दिउँसो यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार विराटनगर महानगरपालिका–४ पिपल चोकमा इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७०५ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री विराटनगर–५ का ९२ वर्षीय दिलबहादुर खत्री घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको इन्स्पेक्टर लम्सालले बताए।
बस र चालक पाँचथरको रानीगाउँका–४४ वर्षीय टेकबहादुर खड्कालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !