मलको कालो बजारीकरण गरेको आरोपमा सहकारी सञ्चालक पक्राउ

मलको कालो बजारीकरण गरेको आरोपमा सहकारी सञ्चालक पक्राउ
सुन्नुहोस्

कपिलवस्तु : सरकारी अनुदानको रासायनिक मलको कालो बजारीकरण गरेको आरोपमा प्रहरीले एक जना सहकारी सञ्चालकलाई पक्राउ गरेको छ। मायादेवी गाउँपालिकाको डुमरास्थित चेतना सामुदायिक विकास कृषि सहकारी संस्थाका सञ्चालक वशिष्ठ पाण्डेयलाई प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको निर्देशनमा पक्राउ गरिएको हो। 

पक्राउ परेका पाण्डेलाई प्रहरीले कालोबजारी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मायादेवी गाउँपालिका–५ बलुहवाका कृषकहरूलाई बिक्री वितरण गर्न साल्ट ट्रेडिंग कर्पोरेशनको कृष्णनगर कार्यालयबाट चेतना सामुदायिक विकास कृषि सहकारी संस्थाले खरिद गरेर ल्याएको १ सय ९७ बोरा युरिया बाटोमै हराएको कृषकहरूको गुनासो छ। 

कृषकहरूले आफ्नो वडाले पाउनु पर्ने कोटाको मल वडासम्म नआएको भन्दै केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा हराएको मलखादको छानबिन गरिदिन माग गर्दै उजुरी दिएका थिए। यस सम्बन्धमा छानबिन गर्न गाउँपालिकालाई जिम्मा दिएपनि गाउँपालिकाले छानबिनका लागि कुनै प्रक्रिया अघि नबढाएपछि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले बताए। 

सोही विषयमा थप अनुसन्धानका लागि प्रहरीले पाण्डेयलाई  नियन्त्रणमा लिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.