सन्धिखर्कमा ४३ प्रतिशतले बढ्यो आन्तरिक राजस्व

सन्धिखर्कमा ४३ प्रतिशतले बढ्यो आन्तरिक राजस्व
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले अनुमानितभन्दा ४३ प्रतिशत बढी आन्तरिक राजस्व संकलन गर्न सफल भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड २० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा उक्त रकमभन्दा ४३ प्रतिशत बढी ४ करोड ५७ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्तिराम खनालले बताए । 

गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले भौतिक प्रगति ९९.८९ प्रतिशत र वित्तीय प्रगति ९६.९० गर्न सफल भएको नगरपालिकाका अधिकृत छैटांै डिलकुमार केसीले बताए । सन्धिखर्क नगरपालिकाले आन्तरिक रूपमा पनि सक्षम हुनुपर्छ भन्ने मान्यताका साथ आन्तरिक राजस्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकालाई सक्षम बनाउन विभिन्न योजना बनाएर नगरपालिकाले काम गरिरहेको छ । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरी काम गरिरहेको छ । सन्धिखर्क नगरपालिकाले यस वर्षका लागि १ अर्ब ११ करोड १४ लाख रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम अगाडी बढाएर काम सुरु गरेको छ । नगरवासीको जीवनस्तर सुधार र सहज सेवाप्रवाह सुनिश्चित गर्न नागरिक आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन हुने गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् । सामाजिक न्याय, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ । 

विशेषगरी नगरका तीन प्रमुख धार्मिक तथा पर्यटकीय स्थल—सुपादेउराली, नरपानी र अर्घाको पर्यटन प्रवर्धनका लागि विशेष पहल गरिने गरी काम अगाडि बढिरहेका छन् । कृषि क्षेत्रको सशक्तीकरणलाई नीति कार्यक्रममा केन्द्रमा राखिएको छ। नगरभित्र व्यावसायिक खेती विकास र रैथाने बालीको संरक्षणलाई प्राथमिकता दिइने बताइएको छ । त्यसैगरी, हल गोरु पाल्ने किसानहरूलाई प्रोत्साहन स्वरूप विशेष कार्यक्रम सञ्चालन गरिने योजना पनि नीति कार्यक्रममा उल्लेख छ ।

उद्योग, व्यापार तथा स्वरोजगार सिर्जनामा टेवा पुर्‍याउने उद्देश्यले ‘शुलभ कर्जा’ कार्यक्रमअन्तर्गत प्रस्ताव मूल्यांकनको आधारमा ५ लाख रुपैयाँसम्मको बिनाधितो ऋण उपलब्ध गराइने व्यवस्था गरिएको छ प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताएका छन् । यसले स्वरोजगारको अवसर सिर्जना गर्नुका साथै साना उद्यमीहरूलाई आर्थिक उकासो दिन सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयहरूमा संस्थागत सुधार अभियान सञ्चालन गरिने बताइएको छ । नगरभित्रको पाणिनि बहुमुखी क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीका लागि १३ लाख रुपैयाँको विशेष विनियोजन गरिएको छ । यसले उच्च शिक्षामा पहुँच विस्तार र गुणस्तरीय शिक्षा प्रवर्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको नगरपालिकाका सूचना अधिकारी मञ्जु खनालले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.