बाजुराको बिच्छ्या र कुवाडीमा आकस्मिक बाढी, २४ घर पूर्ण क्षति

बाजुराको बिच्छ्या र कुवाडीमा आकस्मिक बाढी,  २४ घर पूर्ण क्षति

बाजुरा  : अविरल वर्षापछि आएको आकस्मिक बाढीले बाजुराको विकट क्षेत्रमा पर्ने बिच्छ्या र कुवाडी क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बुधबार दिउँसो हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले बिच्छ्यामा १३ र वडा नम्बर ५ कुवाडीमा ११ घर गरी कुल २४ वटा घर पूर्ण रूपमा क्षति भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाढीका कारण धेरै घर र विभिन्न सरकारी संरचनाहरू उच्च जोखिममा रहेका छन्। केही घर बगाएका छन् भने केही पुरिएका छन्। तर मानवीय क्षति भने भएको छैन।

हिमाली गाउँपालिका-१ बिच्छ्याका नरेन्द्र बहादुर थापा, छन्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापा, आइसिंह बोहरा, भिमराज बोहरा, चन्दलाल बोहरा, मनी बुढा, रबिलाल बोहरा, बिर सिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहाराका घर पूणरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले बताए। 

सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रपती थापा, धर्मलाल थापा, बलभन्द्र थापा, उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल रोकाया, चन्द्रमान बोहरा, रत्नपती थापा,गोवनल थापा, धर्मजीत थापा, लक्ष्मण थापा ढुङ्गा–माटोले बनेका घर, पसलहरू जोखिममा रहेका छन्। 

खेतीयोग्य जमिन बाढीले पूर्ण रूपमा बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए। यसैगरी बाढीले हिमाली गाउँपालिका १ वडा कार्यालय भवन, बिच्छ्या माध्यमिक विद्यालय, बिच्छ्या स्वास्थ्य चौकी, बिच्छाया खोला झोलङ्गे पुल तथा नानीखोला जलविद्युत समेत उच्च जोखिममा पारेको छ।

त्यस्तै, वडा नम्बर ५ कुवाडीका नवराज बुढथापा, देवीलाल चदारा, बिरमल चदारा, अजय चदारा, अङ्गविर चदारा, हिउसरा लुहारको घर बगाएको छ। साथै, बलबहादुर चदारा, मुगा लुहार, देविलाल बुढथापा, विरभान लुहार र डबल लुहारको घर पनि कुवाडी खोलामा आएको बाढीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। बाढीले आइसिंह बोहोराका ६० ओटा बाख्रा र कुखुरा लगायतका पशु पन्छीहरू बगाएको छ। 

बाढीका कारण पीडितहरू घरबारविहीन भएका छन्। पीडित परिवारले तत्काल उद्धार तथा राहतको माग गरेका छन्। विकट स्थान र फोन सम्पर्क नहुँदा थप समस्या भएको स्थानीयहरूले बताएका छन्।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लका अनुसार अनुगमन गर्ने काम भइरहेको बताए। वडा नम्बर १ का १३ परिवारलाई २५ किलो चामल कम्मल त्रिपाल लगायतका राहत सामग्री दिएको छ। भने ५ नम्बर वडामा आफैं गएर अनुगमन गरेको र भोलि राहत वितरण गरिने बताए। 

गाउँपालिका अध्यक्ष मल्लका अनुसार अप्ठेरो र पालिकाबाट टाढा  र फोन नेट्रोकको समेत समस्याका कारण क्षतिको एकिन विवरण आउन सकेको छैन सयौं रोपनी धान खेती लगाएको जमिन बगरमा परिणत भएको छ। करोडौँको लगानीमा अघिल्लो वर्ष मात्र निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याएको नानी खोला जलविद्युत् बगाएको छ। 

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले समयमै सचेत गराएकाले मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको बताए। उनका अनुसार अहिले पीडितहरूको उद्धार तथा राहत कार्य हिमाली गाउँपालिकाको समन्वयमा भइरहेको छ भने क्षतिको एकिन विवरण संकलन भइरहेको छ। विवरण आइसकेपछि जिल्ला, प्रदेश र संघीय सरकारबाट राहतका लागि पहल गरिने पनि प्रमुख जिल्ला अधिकारी पाध्याले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.