ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु,पहिचान खुलेन

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु,पहिचान खुलेन
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरेमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुल्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ गोरखा डिपार्टमेन्ट अगाडि बिहीबार साँझ दुर्घटना हुँदा महिलाको मृत्यु भएको थियो ।

उर्लाबारीबाट बेलबारीतर्फ जाँदै गरेको को १ क ९७५१ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ३०–३५ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्यालले जानकारी दिए । 

उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ साँझ ७:३० बजेतिर चिकित्सक मृत घोषित गरेका हुन् । 

मृतकको पहिचान खुल्न नसकेको र पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान अघि बढाइएको अर्यालले बताए । महिलालाई ठक्कर दिनसाथ चालकले ट्रक भगाएका थिए । दुर्घटना गराएर फरार भएको ट्रकलाई प्रहरीले बेलबारी नगरपालिका–१० भाउन्नेस्थित जंगलबाट राति नियन्त्रणमा लिएको हो । 

ट्रक चालक सुनरीको रामधुनी नगरपालिका–९ का ४० वर्षीय बलराम चौधरी पक्राउ परेका छन् । पैदलयात्रीको लापरबाहीले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । शवलाई पोस्टमार्टमका लागि दमक अस्पतालमा लगिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.