सन्दीपले लिए शर्टको विकेट, १० ओभरमा एनटीएसले बनायो १०३ रन
काठमाडौं : टप एण्ड टी-२० सिरिजअन्तर्गत जारी खेलमा सन्दीप लामिछानेलाई दोस्रो सफलता हात परेको छ। सन्दीपले अष्ट्रेलियन अन्तर्राष्ट्रिय खेलाडी डार्सी शर्टको विकेट लिएका छन्। उनले ८.५ ओभरमा डार्सीलाई बोल्ड गरेका हुन्।
यसअघि उनले ४.४ ओभरमा डिकम्यानलाई बोल्ड आउट गरेका थिए। यससँगै नेपाललाई तेस्रो सफलता हात परेको छ। एनटीएसले भने १० ओभरको समाप्तिमा १०३ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !