एनटीएसले नेपाललाई दियो १७८ रनको लक्ष्य

एनटीएसले नेपाललाई दियो १७८ रनको लक्ष्य
तस्बिर : क्यान

काठमाडौं : अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गतको खेलमा नर्थन टेरिटोरी स्ट्राइक (एनटीएस)ले नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

डार्विनको मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो। एनटी स्ट्राइकको लागि डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनलाई ८.४ ओभरमा सन्दीप लामिछानेले बोल्ड गरे। 

ज्याक वेथरहाल्डले ११ रन बनाए। उनी ३.४ बलमा रुपेश कुमार सिंहको बलमा सोमपाल कामीको हातमा क्याच भए। कनर क्यारोलले १८ रन बनाउँदै साहब आलमको हातबाट बोल्ड भए। जोर्डन सिल्कले १९ रन बनाउँदै दिपेन्द्रको हातबाट बोल्ड भए। 

क्याडेल म्याकमोहन १८.२ ओभरमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट भए। उनले १२ बलमा १२ रन बनाए। टम एन्ड्रिज ३२ रनमा अविजित रहे । हामिस मार्टिन २ रनमा अविजित रहे। 

नेपालका लागि बलिङमा सन्दीपले सर्वाधिक ३ विकेट लिए। साहब आलमले २ विकेट लिँदा रुपेश कुमार सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १-१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.