पावरप्लेमा नेपालको ३ विकेट पतन
काठमाडौं : टप एण्ड टी-२० सिरिजअन्तर्गत नर्थन टेरिटोरी(एनटी) स्ट्राइकले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै २५ रन बनाएको छ।
पहिलो विकेटको रूपमा ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै बोल्ड भए। उनी ३.१ ओभरमा म्याट ह्यामोन्डले बोल्ड गरेका हुन्। तेस्रो क्रममा आएका लोकेश बम ह्यामोन्डको बलमा क्याच हुँदै डकआउट भए।
५.४ ओभरमा अर्का ओपनर आशिफ शेख १४ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान रोहित पौडेल ५ रनमा र कुशल मल्ल शुन्यमा अविजित रहँदै खेलिरहेका छन्। एनटी स्ट्राइकको लागि म्याट ह्यामोन्डले नेपालको ३ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !