मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक जना घाइते

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक जना घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिकाको अलगअलग स्थानमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ । 

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले एउटा दुर्घटना बूढीगंगा–२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा राति १०:१५ बजेतिर भएको जानकारी दिए । नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को ३५ प ५०३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा पर्दा चालक बूढीगंगा–२ का ३५ वर्षीय विकासकुमार भगतको मृत्यु भएको उनले बताए । 

गम्भीर घाइते भएका भगतलाई उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा राति १२:३२ बजेतिर मृत्यु भएको इन्स्पेक्टर लाम्सालले बताए । मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ । 

त्यस्तै, कोशी लोकमार्गअन्तर्गत बूढीगंगा–३ स्थित एसियन फ्यूल सेन्टरनजिक राति ११ बजेतिर अर्को दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।  इन्स्पेक्टर लम्सालका अनुसार नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को २१ प ८६९२ नम्बरको मोटरसाइकल सडकको डीभाईडरमा ठोक्किएर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर महानगरपालिका–४ का ४२ वर्षीय कात्तिक विश्वासको मृत्यु भएको जानकारी उनले दिए । गम्भीर घाइते अवस्थाका उनलाई घटनास्थलबाट उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका थिए । 
दुर्घटनामा परेर मोटरसाइकल चालक विराटनगर–४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ । दुवै घटनाको अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.